काठमाडौं– हरेक मानिसमा सुन्दर देखिने चाहाना हुन्छ। यो स्वभाविक पनि हो। तर सुन्दर बन्न के गर्नुपर्छ भन्ने कुराकाे ज्ञान नहुनाले वा उपाय नजान्नाले हामी आफुलाई आर्कषक बनाउन सकिरहेका हुँदेनौ। त्यसैले आज हामी सेलीब्रेटी झै सुन्दर देखिन केही टिप्पसहरु दिदैछौं, जसलाई अपनाएर तपाई पनि आफ्नो त्वचा सुन्दर पार्न सक्नुहुनेछ।
स्किनलाइ सफा र चम्कीलो बनाउन नियमीत रुपमा क्लिजिङ गर्नुपर्छ। जसले हाम्रो छालामा निखार ल्याउछ। क्लिजिङले हाम्रो छालामा टासीएको धुलो निकाल्न मद्दत गर्दछ र साथै छालालाई नरम बनाउछ। तपाईको स्किनलाई नरम बनाउनुका लागी आईसको टुक्रालाई सुतीकाे कपडामा बेरेर स्किनमा हल्का मसाज गर्नुहोस्। दैनीक राती सुत्नु भन्दा अगाडी यसो गर्नाले तपाईको अनुहारकाे छाला नरम बनाई राख्छ।
तपाईको स्किनलाई क्लिजिङ र मसाज गरीसकेपछी फेसमाक्स लगाउन जरुरी छ।
फेसमाक्स बनाउने आवश्यक सामान
पुदिनाको धुलो वा हरीयो मुना (८–१०) वटा, चामलको पिठो, एलोभेराजेल, मुल्तानी माटो, जेठी मधुको धुलो र बेसन।
फेसमाक्स बनाउने विधि
एउटा सफा कचौरा लिनुहोस त्यसमा आधा चम्चा एलोभेरा जेल, आधा चम्चा चामलको पिठो, आधा चम्चा बेसन, आधा चम्चा मुल्तानी माटो, आधा चम्चा जेठी मधुको धुलो, आधा चम्चा पुदिनाकाे धुलाे वा पेस्ट मिक्स गर्नुहोस। यि सबै इन्गिडेन्सको समिश्रण गर्नुहोस्।
लगाउने तरिका
तपाईले तयार गर्नुभएको इन्गिडेन्सलाई स्किन यसरी लगाउन सक्नुहुनेछ।स्किनमा फेसमाक्स लगाउदा सफा हात वम ब्रसको सहायताले लगाउनुहोस। फेसमाक्सलाई वाक्लो लेयर वनाएर स्किनमा लगाउनुहोस र यसलाई २०–३० मिनेट सम्म स्किनमा राख्नुहोस्।
फेसमाक्स स्किनमा राम्रो संग ड्राई भएपछी नरम पानीले वा सफा पानीले माक्सलाई धुनुहोस। अनी सफा वा नरम तावलको सहायताले स्किनलाई ड्राई बनाउनुहोस।
स्किनको लागी माेस्टराईजिङ
तपाईको स्किनलाई फेसमाक्स पश्चात माेस्टराजिङकाे आवश्यकता पर्दछ। यसको लागी पिन होममेट तरिका अपनाउन सक्नुहुनेछ। होममेट माेस्टराईजिङको लागी आवश्यक सामाग्री (एलोभेरा जेल र नरिवलको तेल)।
तपाईले आवश्यक मात्रामा एलोभेरा जेल र नरिवलको तेललाई मिक्स गरेर हल्का हातको सहायताले स्किनमा मसाज गर्नुहोस् यानीकी तपाईको स्किनमा माेस्टराईजिङले स्किनमा खुलेको छिद्र वा पाेस्रहरूलाई वन्द गर्न मद्दत गर्दछ।
त्यसैले तपाईको स्किनमा पिम्पल्सकाे समस्या छ भने यसरी एक हप्तासम्म ट्रिटमेण्ड
गर्नुहोस्। तपाईको स्किनको पिम्पल्स हराएर जानेछ। प्रयोग गरेर हेर्नुहोस् एकरातमा नै रिजल्ट थाहापाउनु हुनेछ।