काठमाडौं– मासुलाई पोषणको श्रोत मानिन्छ। माछामासुमा हुने तत्वले शरीरमा निकै लाभ पुर्याउने गर्दछ। तर धेरै खाएमा स्वास्थ्यका लागि लाभदायक भने हुदैन।
यसले शरीरलाई हानी पुया्उने गर्दछ। कतिपय अवस्थामा मासुको अत्याधिक सेवनले रोग समेत निम्त्याउन सक्छ। त्यसैले हामीले मासु खाँदा थोरै र स्वस्थ्यकर मासु खानुपर्छ।
कस्तो मासु कसरी खाने तः
– रातो मासुमा बढी चिल्लो पदार्थ हुनेभएकाले कोलेस्टेरोलका बिरामि रातो मासु खानुहुदैन, सातामा ३र४ पटकसम्म बढिमा ४र५ पिसका दरले मात्र मासु खानुपर्छ, सकेसम्म मासु खादा झोल भएको खानुपर्छ वा स्वाद अनुसार हल्का भुटिएको मासु खानुपर्छ, मासुमा प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले छाला र बोसो रहित मासु खाने गर्नुपर्छ।
– केहि मानिस साधेर काँचो मासु खाने गर्दछन् तर काचो मासुले अपच हुने गर्दछ, मासु पकाउदा धेरै भुट्ने वा कालो हुने गरी पकाउनु हुदैन, सकेसम्म मासुको सट्टा माछा वा खसिको मासुको सट्टा पंक्षीको मासु खानुपर्छ, मासु किन्दा स्वस्थ्य पशुपक्षी किन्ने र र घरमा राख्दा समेत सफा र स्वस्थ तरीकाले राख्नुपर्छ।
– मासु पकाउदा सफा पानीले राम्रोसंग पखालेर पकाउनु पर्छ, पकाउन बाकि रहेको मासुलाई हावा नछिर्ने गरी फ्रिजमा तापक्रम मिलाएर राख्नुपर्छ, नुन नहाली तेलमा भुटेको मासुलाई समेत सेलाएपछि मात्र फ्रिजमा प्याक गरेर राख्नुपर्छ।
– फ्रिजमा राखिएको मासु पुर्ण तातेपछि वा १० मिनेटभन्दा बढि तताएर मात्र खाने गर्नुपर्छ, रातो मासुको सट्टा सकेसम्म सेतो मासु खानु स्वास्थ्यका लागी लाभदायि हुन्छ, मासु खाँदा बोसो वा चिल्लो रहित खानुपर्छ, अन्यथा कोलेस्टेरोल बढाउँछ, फ्राई गरेको मासुमा झन् चिल्लो पदार्थ थपिने भएकाले यसले शरीरलाई हानी पुग्ने गर्दछ।