काठमाडौं– अत्याधिक मदिराको आदतलाई तत्काल छोड्दा पनि मानिसमा त्यसको प्रभाव लामो समय रहन्छ। रक्सीले बिचार, निन्द्रा, भावाना सामाजिक ब्यवहार, यौन सबैमा असर पर्छ। मदिराको प्रयोगले मदिरा सेवन गर्ने व्यक्तिलाई मात्र होइ उसको घरपरिवार र समाजलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पर्छ।
अत्याधिक मदिरा सेवन गर्ने मानिसमा धेरै किसिमका रोगलाग्ने कारणः
– धेरै मदिरा सेवन गर्ने मानिसमा तनाव बढी हुन्छ, रक्सी सेवन गर्दा लाग्ने रोग, कलेजोमा असर पुया्उछ, जन्डिस हुने सम्भावन उच्च रहन्छ, पेट दुख्ने, पेटभित्र अल्सर हुने समस्या हुन्छ, रगत को कमी हुन्छ, शरिर सुन्निने समस्या हुन्छ।
– हातखुट्टा झमझमाऊने समस्या हुने, लोग्ने मानिसमा नपुन्सक्त्ता हुने सम्भावना हुन्छ, मान्सपेसी सुनिन्छ, बिहान बिउझदा हात वा पुरै शरिर काम्ने समस्या हुन्छ, धेरै रक्सी सेवन गर्दा स्मरण शक्ती कमजोर हुन्छ, परिवार र समाजमा झगडाकोे अवस्था आउँछ।
त्यसैले रक्सी खाने बानी त्याग्ने प्रयास गर्नुपर्छ। र आफैले चाहदा चाहदै पनि रक्सी खाने बानी नहटेमा चिकित्सकको परामर्शमा मदिराको तल हटाउन सकिन्छ।