काठमाडौं– जाडो मौसमको प्रारम्भमा तथा अन्त्यमा हामीले केही स्वास्थ्य समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। त्यसमध्येको एक हो हाम्रो ओठ फुट्नु। हाम्रो शरीरका अन्य अंगहरुको तुलनामा ओठको छाला १० गुणा नाजुक तथा कोमल हुन्छ।
ओठ हाम्रो सुन्दरताको अभिन्न अंग हो। तर, हाम्रो लापरवाही अथवा मौसमको कारणले ओठहरु भद्दा बन्न पुग्छन्। त्यसकारण हामीले तीनको हेरचाहमा विशेष ध्यान दिनुपर्छ। जस्तैः
मह तथा भ्यासलिनः
ओठमा मह लगाउने र त्यसमाथि भ्यासलिन लगाएर १० मिनेटसम्म त्यसै छाडिदिनुपर्छ। त्यसपछि ओठलाई टिस्यु पेपरले सफा गर्नुपर्छ। यसो गर्नाले करिब एक हप्तामै तपाईंले आराम पाउनुहुनेछ। महमा एन्टिब्याक्टेरियल गुण हुन्छ र त्यसले घाउलाई चाँडै भर्ने काम गर्छ। त्यहीँ, भ्यासलिनले रुखो छाला तथा रुखो ओठलाई नरमपना प्रदान गरेर त्यसलाई मुलायम बनाउँछ। यो उपाय अपनाएर तपाईंले आफ्नो ओठलाई नरम तथा स्वस्थ राख्न सक्नुहुनेछ।
गुलावको पत्ताः
आधा कप दूधमा पाँचदेखि छ वटा गुलावको फूलको पत्तालाई मिसाएर तीन घण्टाका लागि राखिदिने र त्यसपछि उक्त मिश्रणलाई राम्ररी पेस्ट बनाउने। त्यसपछि करिब १५ मिनेटका लागि त्यसलाई आफ्नो ओठमा लगाउने र चिसो पानीले सफा गर्ने। तपाईंले यसरी गुलावको पात र दूधको पेस्टलाई हरेक दिन एक अथवा दुई पटक लगाउनुपर्नेछ।
यसले हाम्रो ओठलाई सूर्यको किरणबाट समेत जोगाउँछ। किनभने गुलावको पातमा हुने एन्टि–इन्फ्लेमेटरी गुणले छालालाई घामबाट हुने हानिबाट बचाउन सहयोग र्पुयाउँछ। यतिमात्र होइन, गुलाव जलले समेत हाम्रो छालालाई स्वस्थ बनाउनका लागि उपयोग हुन्छ।
चिनी र जैतुनः
चिनीलाई जैतुनको तेल तथा महसँग मिसाउने तर चिनीलाई घुल्न नदिने। त्यसलाई स्क्रबझैं आफ्नो ओठमा लगाउने। स्क्रब गरेपछि मन तातो पानीले ओठलाई धुने। यसलाई हप्तामा तीन पटक गर्न सकिन्छ। चिनी एक उत्कृष्ट एक्सफोलिएट हो।
जसले तपाईंको फुटेको ओठलाई ठिक पार्न सहयोग र्पुयाउँछ। त्यसले स्क्रब गर्नाले ओठ एक्सफोलिएट हुन्छ र रुखो छालाबाट छुटकारा पाउन सकिन्छ। महले छाला नरम र मुलायम हुन्छ भने ओलीय आयलमा भएको एन्टि–इन्फ्लेमेटरी तथा एन्टि–क्यान्सर गुणले हामीलाई छालाको क्यान्सर हुनबाट समेत जोगाउँछ।