काठमाडौं– तामाको भाँडा हरेक नेपालीको भान्सामा कुनै न कुनै रुपमा प्रयोग भएको पाइन्छ। तर, तामाको भाँडामा कुन–कुन खानेकुरा राख्न हुँदैन भन्ने चाहीं धेरैलाई थाहा नहुन सक्छ। तामाको भाँडामा यी चिजहरु भुलेर पनि नराख्नुस्। यदि राखेमा तामामा हुने केमिकलको रियाक्सन तपाईंको शरिरका लागि घातक बन्न सक्छ।
कागतीको रसः तपाईंले तामाको भाँडामा कागतीको रस राख्नु भयो भने त्यसमो भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ। अनि त्यसको सेवन गर्दा एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ।
दही–दुधः तामाको भाँडामा राख्नु हुदैन। दहीमा भएको विशेष तत्व पनि तामासँग मिलेपछि त्यसको असरले फुड पोइजनिङको खतरा बढ्न सक्छ। दुधलाई पनि तामाको भाँडामा राख्दै नराख्नुस्। किनकी तामाको भाँडामा राखेको दुधको सेवनले पनि स्वास्थ्यमा असर पुया्उँछ।
अमिलो फलः कुनैपनि अमिले हुने फल छ भने पनि त्यसलाई तामाको भाँडामा नराख्नुस्। किनकी तामाको भाँडामा राखेको अमिलो फलको सेवन बाट स्वास्थ्यमा फुड पोइजनिङको खतरा बढ्ने गर्छ।
अचारः यदि तामाको भाँडामा अचार राख्नु भयो भने त्यो अचार सेवन गर्नु हानिकारक मानिन्छ। किनकी अचारमा भएको नुनिलो पानी तामासँग मिल्छ। यसले फुड पोइजनिङ पनि हुनसक्छ।