काठमाडौं– तपाईं पेट बढेर हैरान हुनुहुन्छ, वा जति गर्दा पनि पेट घटेन, बाहिर हिड्दा पेट देखिएर अप्ठ्यारो महशुस भएको छ।
यस्तो समस्या छ भने तपाईंले लगाउने कपडाले पनि तपाईंलाई केही सहयोग र्पुयाउन सक्छ। यसको मतलव कपडाले तपाईंको पेट घटाउन र स्वस्थ राख्न त मद्धत गर्दैन तर तपाईंको मोटोपना नदेखाउन भने केही हद सम्म मद्धत गर्छ।
आजभोली हाइवेस्ट लेगिन्स र जेगिन्सको चलन आएको छ। जुन मोटोपन भएकाहरुको लागि एकदमै फाइदाको पक्ष हो। लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट लगाउँदा पेट बाहिर निस्किन्छ र व्यक्ति झन् मोटो देखिन्छ। यदि हाइ वेस्ट लगाउने हो भने पेट सबै कपडा भित्र बस्छ र टप्स बाहिरबाट पेट देखिंदैन।
त्यसैगरी, पेट लुकाउनको लागि ए लाइन टप्स लगाउनुपर्छ, जसमा छातीको भाग ठिक्कको र तलको भाग फुकेको हुन्छ। यदि स्कर्ट लगाउने चाहना छ भने स्कटलाई नाभी देखि माथी लगाउने र टप्स स्कर्ट भित्र पार्ने गर्नुपर्छ। यसका लागि तपाईंले कपडा बनाउने उचित स्थानमा गएर अर्डर गर्नुभयो भने तपाईंलाई सहज हुन्छ।