काठमाडौं– स्वप्नदोष, यो एक प्राकृतिक प्रक्रिया हो। निन्द्रामा रहेका पुरुषको वीर्यपात हुने वा स्खलन हुनुलाई स्वप्नदोष भनिन्छ। यसलाई अंग्रेजीमा स्पर्माटोरिया भनिन्छ। स्वप्नमा स्त्रीसंग संभोग गरेको देख्दा वा कल्पनाले पुरुषलाई चरम आनन्द दिने र यसैले वीर्यपात गराउने, स्वप्नमा हुने स्त्रीभोगका कारणले हुने गर्दछ।
कसरी रोक्नेः
स्वप्नदोष आफैमा कुनै दोष वा कमजोरी होइन। यसले शरीरमा कुनै ठुलो असर पार्दैन। तर पनि स्वप्नदोष रोक्नु वा हटाउनु उत्तम हुन्छ। यसका लागी संयमित आहार, योगासन, ध्यान र सात्विक विचारमा बढि जोड दिनुपर्छ।
स्वप्नदोष हटाउने उपायः
– पेट र ढाडको तल्लो भाग तातो पानीले सेक्दा स्वप्नदोषबाट मुक्ति पाइन्छ, तारेको र मसालायुक्त खानेकुरा नखाने, माछामासुको सेवन कम गर्ने, सकेसम्म झोलीलो खानेकुरा खाने फलफूलको जुस प्रशस्त पिउदा पनि स्वप्नदोष रोकिन्छ।
– शारीरीक रुपमा दैनिक व्यायाम गर्दा पनि स्वप्नदोष हुन पाउदैन, कामुक पुस्तक र फिल्मबाट टाढा रहने साथै धेरै हस्तमैथुन नगर्ने, भिटामिन बीयुक्त खानेकुरा खाने गर्दा पनि स्वप्नदोष हट्छ, ६ ग्राम प्याजको रसमा गाईको घ्यु र मह फिटेर खादा पनि स्वप्नदोषबाट मुक्ति पाइन्छ।