काठमाडौं– बदाम जाडो मौसममा अधिकांशले खान रुचाउने गर्दछन्। जाडोयाममा घाममा बसेर बदाम खानु निकै आनन्दमयी हुन्छ। बदाम खानु मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।
बदामका फाइदाः
क्यान्सरबाट जोगाउन– बदामको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको खतराबाट समेत जोगाउँछ। बदाममा हुने फाईटोस्टेरोल नामक तत्वले ट्युमर समेत नियन्त्रण गर्दछ।
कोलेस्टोरलमा नियन्त्रण– बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गर्छ। यसका साथै बदामको सेवनले विभिन्न प्रकारका रोगको जोखिमबाट समेत बचाउने गर्दछ।
तौल घटाउन– बदाम खाँदा थोरै मात्राले पनि पेट भरिएको महशुस हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन। त्यसैले मोटो मानिसलाई यसले लाभ पुर्याउने गर्दछ। बदाम खाँदा तौल घट्ने अनुसन्धानले देखाएको छ।
मधुमेहबाट जोगाउँछ– बदाम हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्ने गर्दछ। तसर्थ बदामले मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ। यसले मधेमेहको समस्याबाट समेत जोगाउँछ।
शिशु स्वस्थ बनाउन– बदाममा हुने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा तथा जन्म भएपछि पनि गम्भीर रोगबाट बचाउने गर्दछ। तसर्थ अधिकांश गर्भवती महिला गर्भाधारणको सुरुवातीदेखि नै बदामको सेवन गर्दछन्।
डिप्रेसनका लागि उपयोगी– बदाममा पाइने ट्राईपटोफन नामक तत्व डिप्रेसनविरुद्ध लड्न सहयोग हुने भएकाले बदामको सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी हुन्छ। तसर्थ डिप्रेसनका बिरामीले स्ट्रेस र तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम हुन्छ।
त्यसकारण बदामको नियमित सेवनले छालामा चमक ल्याउने, बुढ्यौलीपना कमी गर्न, छाला चाउरी पर्न नदिन तथा अनुहार र शरीरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ। साथै बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्वहरु भेटिन्छन्। जसले कपाल बृद्धि गर्ने र कपाल झर्नबाट जोगाउँछ।