काठमाडौं– गर्मी महिना सकिए लगतै चिसो मौसम सुरु भएको छ। विस्तारै जाडो संगै रुघा खोकिका समस्याहरु देखा पर्न थालेको छ। मौसम परिवर्तन हुँदा शरीरमा रुघा–खोकी लाग्नु, नाक बन्द हुँनु, घाँटीमा टन्सिल जस्ता समस्या हुने गर्दछन्। मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्दा आत्ति हाल्नु पर्दैन।
रुघाखोकीबाट बच्न केही घरेलु उपाय अपनाउन सकिन्छः
रुघाखोकी निको पार्ने घरेलु उपाय– रुघाखोकी लागेकाले तातो पानीको प्रयोग गर्न आवश्यक हुन्छ। यसका साथै कागती हालेको चिया पिउँदा पनि रुघाखोकीलाई फाइदा पुग्छ, पुँदिनाको पात मिसाएर पानी उमालेर त्यसको बाफ लिने यसले गर्दा रुघाखोकीलाई निकै फाइदा पुग्छ। बाफ लिदा दिनमा दुईपटक गर्नु उपयुक्त हुन्छ।
यस्तै मह मिसाएको पानी पिउँदा पनि रुघाखोकी लागेका व्यक्तिलाई राहत मिल्छ, तातो पानीमा मह मिसाएर नियमित सेवन गर्दा अन्य समस्याहरुमा पनि राहत मिल्छ, रुघा लाग्दा नियमित रुपमा सिगान बग्छ, उक्त सिगान रुमालको सहायतमा पुछ्नु पर्छ। कहिलेकाही हातले पनि पुछिन्छ त्यस क्रममा नाक वरपर ब्याक्टेरिया रहेको हुन्छ।
त्यसैले त्यसका लाग नूनपानीले नाक वरीपरि सफा गर्नुपर्छ नाकमा भएका ब्याक्टेरिया नष्ट गर्छ। त्यस्तै सफा रुमालको प्रयोग गरेर तातोपानीले बन्द नाकलाई सेक्ने, पानीमा बेसार, नुन र कागती राखेर पिउनाले पनि फाइदा पुग्छ, त्यस्तै तुलसीको पात खानाले पनि रुघाखोकीमा राहत मिल्छ।