एजेन्सी– शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवा खान नजाने बेफाइदा पनि गर्छ। म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर हुन्छ। मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक पनि हुन्छ।
गर्भवती महिलाका लागि मेवाको सेवन गर्नु हानिकारक मानिन्छ। मेवाकोे सेवनले गर्भपतन हुने खतरा बढ्छ। आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसले असरहरु पनि र्पुयाउने गर्दछ।
बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनुहुँदैन। र स्तनपान गराउँने महिला गर्भावस्थामा मात्र नभई बच्चा जन्माइसकेपछि पनि मेवाको सेवन हानिकारक हुन्छ। मेवामा हुने पापेन नामक विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ। एलर्जी क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन। मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ।
मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ। तर, मधुमेहसँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवन भुलेर पनि गर्नुुहुँदैन। र प्रेसर नियन्त्रण गर्ने औषधि सेवन गर्नेहरुले डाक्टरको सल्लाहविना मेवाको सेवन गर्नुहुँदैन।
एक अध्ययनका अनुसार धेरै मात्रामा भिटामिन सीको सेवनले मृगौलामा पथ्थरी गराउँछ। मेवामा पनि उच्च मात्रामा भिटामिन सी हुने भएकाले जसले पथ्थरीको समस्या निम्त्याउँन सक्छ। पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ।
मुटु रोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवन नर्गनु राम्रो हुन्छ। यदी घाँटीको समस्या छ भने मेवा सेवन गर्नुहुदैन्।