काठमाडौं– जाडोको मौसम बढ्न थालेको छ। जाडोले हामीलाई कति गाह्रो बनाउछ, जाडो निर्मुल गर्न हामी विभिन्न तरिकाहरु अपनाउँछौं। जाडोको लागि अहिले बजारमा तातो लुगा र जुत्ताहरु आउन थालेको छ।
जसको प्रयोगले थोरै भएपनि तातोको अनुभव हुन्छ। अहिले महिला–पुरुष दुवै बाहिरी काममा व्यस्त हुन्छन्। त्यसैले पहिला जस्तो घाम तापेर बस्ने समय धेरैसँग हुँदैन। त्यसैले जाडोलाई कम गर्नको लागि हिटर र ब्लोवरको प्रयोग गर्न बाध्य छन्। आफूले काम गर्ने ठाउँमा हिटर अथवा ब्लोवरको प्रयोग गरेर जाडोलाई भगाउने कोसिस गरिरहेका हुन्छन्।
त्यसैले जाडोबाट बच्न अर्थात् जाडो कम गर्नको लागि हिटरको प्रयोग धेरै भएको पाइन्छ। चिसो हावाबाट बच्नका लागि हिटरको प्रयोग धेरै नै आरामदायक हुन्छ। तर, के तपाईंलाई थाहा छ, थोरै पनि असावधानी भयो भने तपाईंको यस्तो बानी अर्थात् हिटरको प्रयोग खतरनाक पनि हुन सक्छ ?
जाडो मौसममा हिटर बालेर सुत्नु हुन्छ ? सर्तकता अपनाउनुहोस्ः
– यदि घरमा सानो बच्चा छ भने हिटरको प्रयोग गर्दा झनै सतर्क हुनुपर्छ। हिटरबाट निस्कने हावा तातो हुन्छ। जुन बच्चाहरुका लागि अति नै खतरनाक हुन्छ। त्यो हावाले बच्चालाई पोल्ने खतरा पनि हुन्छ, जब हामी कोठामा हिटरको प्रयोग गर्छौं, हिटरको तातो हावाले कोठा भित्रको कोमलता नष्ट हुन्छ। कोठा तातो हावाले भरिन्छ र हाम्रो छाला सुख्खा भएर तन्कन थाल्छ। त्यस्तो हावाले एलर्जी हुने खतरा पनि धेरै हुन्छ।
– जुन व्यक्तिलाई श्वास–प्रश्वास सम्बन्धी समस्या हुन्छ। उनीहरुका लागि पनि हिटरले दिने तातो हावा खतरनाक हुनसक्छ। हिटरले फाल्ने तातो हावामा अक्सिजनको मात्रा कम हुने भएकोले श्वास–प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई सास फेर्न गाह्रो हुन्छ, त्यसैले दम अथवा छाला सम्बन्धी रोग भएका व्यक्तिहरुका लागि हिटरले हानि र्पुयाउनसक्छ, हिटरले तताइएको तातो कोठाबाट जब तपाईं अचानक चिसो हावाको सम्पर्कमा आउनुहुन्छ।
तपाईंको शरीरले तीब्र रुपको तापमानको परिर्वतनलाई झेल्छ। कहिलेकाहीँ शरीरले त्यस्तो अन्तरलाई सहन नसकेर विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ, लामो समयसम्म हिटरको नजिक बस्दा शरीर डढ्ने सम्भावना, लामो समयसम्म हिटरमा बस्ने बानीका कारण विभिन्न प्रकारका छालाका समस्याहरु पनि उत्पन्न हुनसक्छ।