काठमाडौं– पालुंगोमा औषधिय गुण हुन्छ भन्ने बारेमा कमैलाई थाहा होला। तर यसको सेवनले शरीरमा रगतको कमी भएकाहरुका लागि प्रभावकारी हुन्छ। पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्वहरु पनि पाइन्छन्, जुन शरीरलाई अत्यावश्यक हुन्छ।
– पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ। त्यसैले पालुंगोलाई जिउको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ। पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मिर्गौलामा परेको पत्थरी हटाउन मद्दत पुग्छ।
– सय ग्राम पालुंगोको सागमा २६ किलो क्यालरी उर्जा पाइन्छ। पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ। त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ।
– पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ, नियमित रुपमा पालुंगोको साग खानाले कारण स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ।
– जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ, रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ, थाइराइडको समस्या भएका ब्यक्तिहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ।