काठमाडौं– अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसलाई स्वस्थ राख्न मद्दत पुया्उछ। यसमा विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिन तत्वको भण्डार रहेको अण्डाको सेवनले शरीरलाई पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ।
भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व अण्डामा पाइन्छन्। विज्ञहरुका अनुसार अण्डामा धेरै पौष्टिक पदार्थ हुन्छ। सुपर फुड अण्डा, यसमा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन्।
अण्डा खानुका प्रमुख फाइदाहरुः
मोटोपन घटाउन सहयोग गर्छ– दुब्ला मानिसहरुले अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यताका कारण अण्डा खाने चलन नभएको होइन। तर यथार्थ के हो भने अण्डाले दुब्लालाई मोटाउन भन्दा मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोग पूराउँछ। अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले दुब्ला मानिसहरुलाई पनि फाइदै हुन्छ।
तर बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानेकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन सहयोग मिल्छ। अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरुलाई फाइदै पुग्छ।
उच्च गुणस्तरीय प्रोटिन– अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ। प्रोटिन मानव सरीरको मुख्य संरचनागत तह हो। सरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ। त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन आवश्यक पर्छ। अण्डा प्रोटिनको निकै राम्रो श्रोत हो।
एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ। अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ। विज्ञहरुका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खानु उपयुक्त हुन्छ।
आँखाको सुरक्षा– अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छ। यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई दूर गर्छ।
रक्तचाप कम गर्न तथा मुटुरोगबाट बचाउन– अण्डामा हुने तत्वले उक्त रक्तचापबाट जोगिन अण्डाको सेवन लाभदायी हुन्छ। हाइपरटेन्सन घटाउनका लागि नकारात्मक उत्प्रेरकको भूमिका खेल्छ। अण्डामा फाइ दाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन्। यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ।
चेतना बढाउन– शरीरको प्राकृतिक चेतना अर्थात् रिफ्ल्याक्सेसमा सुधार गर्नका लागि अण्डा सहयोगी हुन्छ र अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ।
अण्डामा कोलिन नामक तत्व पाइन्छ। यो हामीले खाने अन्य खाद्यपदार्थमा विरलै पाइन्छ। यो तत्वले कोष झिल्ली निर्माणमा सहयोग पूराउँछ र मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्छ।
दाना खुवाएका भन्दा चर्ने कुखुराबाट उत्पादित अण्डा उपयुक्त– बनिबनाउ दाना खुवाएर हुर्काइएका कुखुराबाट उत्पादित अण्डा भन्दा आफै स्वतन्त्रपूर्वक चर्न पाएका कुखुराले उत्पादन गरेका अण्डा बढि लाभदायी हुन्छन्। यस्ता अण्डामा उच्च मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ। यसले रगतमा ट्राइग्लिसेराइडको मात्रा घटाउँछ र मुटुरोगको जोखिम कम गर्छ।