काठमाडौं– स्वास्थ्यका लागि पानी अत्यावश्यक पदार्थ हो, पानीको मात्रा कम भएमा धेरै स्वास्थ्य समस्या देखिन्छ।
चिकित्सकहरुले पनि धेरै रोगबाट बच्ने भएकाले प्रशस्त पानी पिउन सुझाव दिन्छन्। शरीरमा पानीको कमी हुँदा अनुहारमा दाग आउने, छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन्।
त्यसैले, दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि धेरै राम्रो हुन्छ। केही समयको अन्तरालमा पानी पिउनु उपयुक्त हुन्छ। किनभने एकैपटक बढी पानी पिउने गर्दा मिर्गौलामा असर पर्न सक्छ।