काठमाडौं– मधुमेहको समस्या अहिलेको जीवनशैलीका कारण हरेक १० जना व्यक्ति मध्ये १ जनामा रहेको पाइन्छ। केहि बच्चाहरुलाई त मधुमेहका समस्या जन्मेदेखि नै हुन्छ। मधुमेहको समस्या केवल ठुला व्यक्तिहरुलाई मात्र नभएर साना बच्चाहरुलाई पनि धेरै देखिन थालेको छ।
वास्तवमा मधुमेह हुनुमा कुनै ठुलो आत्तिनु पर्ने कुरा होइन तर समयमा नै ध्यान दिनु आवश्यक हुन्छ। हालसालै गरिएको एक अध्ययन अनुसार स्कुल जाने उमेरका बालबालिकाहरुमा मधुमेहको समस्या एक प्रतिशत हुने गरेको पाइन्छ।
कस्ता बालबालिकालाई मधुमेह कसरी हुन्छः
– जुन बालबालिकाको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, मोटो बालबालिकामा पनि यसको खतरा धेरै हुन्छ, परिवारको सदस्यमा पहिला नै मधुमेहको समस्या हुनु।
– चिनी, चक्लेट र मिठाई धेरै मात्रामा सेवन गर्ने बालबालिकालाई मधुमेह हुने सम्भावना बढि हुन्छ, मधुमेयका शारीरिक गतिविधिमा कमी हुने कारणले पनि यसको खतरा बढ्छ।
बच्चालाई मधुमेहको लक्षणः
मधुमेहका कारण बालबालिकामा सुगर लेभल असामान्य रुपले बढ्छ, जसका कारण विभिन्न लक्षणहरु देखा पर्छ। जस्तैः
– धेरै भोक लाग्छ, धेरै प्यास लागछ, बालबालिका थाकेको अनुभव गर्छन् र सुस्त हुन्छन्, बिना कारण शरीरमा कम्पन हुनु, वजन कम हँदै जानु, धमिलो देख्न थाल्नु, चोटपटक लाग्दा घाउ निको हुन समय लाग्नु आदि। यदि यी लक्षणहरु देखा परेमा आफ्ना बालबालिकाहरुलाई तुरुन्त जाच गर्नु पर्छ।
मधुमेहको उपचारः
मधुमेहलाई पूर्ण रुपमा निको पार्न त सम्भव हुँदैन तर यसलाई नियन्त्रण गर्न सकिन्छ। मधुमेहले पीडित भएका बालबालिकालाई इन्सुलिन थेरापी दिईन्छ। प्रायः रोग पत्ता लागेको पहिलो वर्षमा बालबालिकालाई इन्सुलिन कम मात्रामा दिइन्छ, जसलाई हनीमून पीरियड भनिन्छ। विशेष गरेर सानो बच्चालाई राति इन्जेक्शन दिँइदैन,तर उमेर बढ्दै गएपछि राती पनि इन्सुलिन शुरु गरिन्छ।
बालबालिकामा मधुमेहको समस्या देखियो भने उनीहरुको हेरचाह कसरी गर्ने त ?
– समयमा नै खाना खाने बानी बसाल्नु पर्छ, साथै पौष्टिक आहार खुवाउनु पर्छ, शरीरमा इन्सुलिनको पूर्ति हुनु नै मधुमेहको विशेष उपचार हो, त्यसैले समयमा इन्सुलिन लिनु पर्छ।
– समयमा ब्लड सुगर टेस्ट गराइरहनु पर्छ र त्यहि हिसाबले इन्सुलिनको मात्रा घटबढ गराउनु पर्छ, रिफाइन्ड कार्बोहाइड्रेट, सुगर, मिठाई, मैदाको रोटी, पेस्ट्री, सोडा र जंक फूडहरु खान दिनु हुँदैन।
– बालबालिकालाई पर्याप्त पानी पिउन लगाउनु पर्छ। उनीहरुलाई सोडा, जूस अथवा स्क्वाइस जस्ता ड्रिंकहरुबाट टाढा राख्नु पर्छ, बालबालिकालाई नियमित व्यायाम गर्ने बानी बसाल्नु पर्छ, उनीहरुलाई इन्डोर भन्दा आउटडोर गेम खेल्नको लागि प्रोत्साहित गर्नु पर्छ।
मधुमेह भएको बारेमा आफ्नो बच्चाको स्कूल टीचर, साथीहरुलाई जानकारी दिनु पर्छ, जसले उनीहरुले परेको समयमा उसको सहयोग गर्न सकुन्, अभिभावकले पनि समय-समयमा सुगर टेस्ट गराइरहनु पर्छ।
बालबालिकालाई मधुमेह नियन्त्रण गरेर नै उनीहरुलाई खुलेर बाँच्न सकिन्छ भन्ने कुरा सम्झाउनु पर्छ। मधुमेह भयो भन्दैमा बच्चालाई भिन्न व्यवहार गर्नु हुँदैन, किनभने उनीहरुलाई पनि आफ्नो जिन्दगी बाँच्ने अधिकार हुन्छ।