काठमाडौं– निशुल्क स्वास्थ्य शिविर अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार आयोजना गर्ने भएको छ। विहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो।
शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो।
शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ। र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो।
मधुमेह कसरी थाहा पाउने- (वरिष्ठ चिकित्सक अंशुमाली जोशीका अनुसार)
– खाना रुचेर पनि तौल घटदै जाने, पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने, मुख सुख्खा हुने, प्यास धेरै लाग्ने, भोक बढी लाग्ने तर दुव्लाउदै जाने।
– कमजोरी हुने र खुट्टाहरु झम्झमाउने, खुट्टाहरु पोल्ने, पिसावमा कमिलाहरु देखिने, घाउहरु छिटो निको नहुने।
कसरी बच्नेः
– हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने, मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने, सामान्य खानपान अपनाउनु राम्रो।
- क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो, व्यायम नियमित गर्ने, व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने, दिनमा कम्तिमा आधा घण्टा हिड्ने। बीबीसी