काठमाडौं– जैविक रुपले आमाबुवा बन्नु र दायित्वको आधारमा विवाहित दम्पतीको चाहना हुन्छ, आमाबुवा बन्ने। यसका लागी हरेक दम्पतीले जिम्मेवारी बहनको बारेमा राम्ररी सोच्नु आवश्यक हुन्छ। बिना तयारी गर्भवती हुँदा कतिपय अवस्थामा आमा र शिशुको स्वास्थ्यमा समस्याहरु उत्पन्न हुने गर्दछ।
आमाबुवा बन्नु अघि निम्न योजनामा ध्यान दिन आवश्यक छ।
– गर्भवती हुनुअघि महिलाले रक्तचाप, मिर्गौला वा मुटुको अनिवार्य परीक्षण गर्नुपर्छ, सन्तानको योजना बनाउनुअघि दम्पतीहरुले दुवैको ‘हेल्थ हिस्ट्री’ जान्न जरुरी हुन्छ, यसबाट आमाबुवामा कुनै रोग भए नभएको बारे अगाडि नै थाहा पाउन सकिन्छ।
– थाइराइड, डाइबिटिज भएका महिलाहरुले पनि बच्चा जन्माउन सक्छन्। तर पहिले यसको उपचार गर्न आवश्यक हुन्छ, मोटोपन भएका महिलाले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ।
– परिवारमा वंशाणुगत कारणले शारीरिक अपांगता वा विकलांगता भएका कोही व्यक्ति छन् भने चिकित्सकको सल्लाह लिएर मात्र सन्तानको योजना बनाउनु पर्छ, गर्भवती हुन चाहने महिलाले अनिवार्य रगतमा हेमोग्लोविनको परीक्षण गर्नपर्छ।
– गर्भावस्थामा महिलाले खाल्डाखुल्डीयुक्त सडकमा यात्रा गर्नु हुँदैन। कामकाजी महिलाले चारपाङग्रे सवारी साधनमा यात्रा गर्नुपर्छ। तर, लामो दूरी यात्रा गर्नुहुँदैन, गर्भवती हुने महिलाले मदिरा पिउने, धूमपान गर्ने बानीलाई त्याग्नुपर्छ। यस्ता कुलत त्यागेर मात्र ‘प्रेग्नेन्सी प्लान’ गर्नु उचित हुन्छ।