काठमाडौं– मानिस निद्रामा झस्किने गर्दछ। तर मानिस किन निद्रामा झस्किन्छन, यस बिषयको ठोस कारण अझै सम्म वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन्। निद्रामा झस्कनुको कारण मनोसामाजिक तथा मानसिक कारण बताउँछन्, भने केहिले यो समस्या तनावका कारण हुने भन्दछन्। तर यकिन कारण भने पत्ता लागेको छैन।
शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किने, राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने हुँदा मानिस निद्रामा झस्किन्छन्। मानसिक तनाव भएका ब्यक्ति वा अधिकाशं चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ। यस्तो समस्या हुदाँ निद्राको बीचबीचमा बिउझिने, डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ।
कहिलेकाही पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरु निद्रामा झस्किने गर्दछन्। यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ। अझ रक्सी र लागुऔषध धेरै खाने मानिसहरुमा पनि यस्तो समस्या आउन सक्छ। कतिपय निद्राको औषधि सेवन गर्ने मानिसहरुमा पनि यस्तो समस्या आउन सक्छ।
कसरी बच्ने– निद्रामा झस्कने बानीबाट बच्नका लागि सुरुमा आफू किन निद्रामा झस्किन्छु भन्ने कारण थाहा पाउन जरुरी हुन्छ। यसको कारण पत्ता लगाएर उपचार सुरु गरेमा निद्राबाट झस्कने समस्या विस्तारै कम भएर जान्छ। यी कुरामा ख्याल गरेमा निद्रामा झस्किने समस्याबाट बच्न सकिन्छ।
– बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने, बेलुका सुत्ने बेलामा कफी, रक्सी, धुमपानको सेवन नगर्ने, आफू सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी त्याग्ने, सुत्ने कोठामा बत्ति नबाल्ने, बाल्नु परेपनि कम चम्किलो बत्ति मात्र बाल्ने।
– भविष्य, काम, अध्ययन वा पारिवारिक चिन्ता कम गर्ने, सकेसम्म तनाव नलिने, दैनिक बिहान न्युनतम आधा घण्टा शारीरिक ब्यायाम गर्ने वा हिँड्ने बानीको विकाश गर्ने, दिउँसो सुत्ने बानी छ, त्यसलाई बिस्तारै हटाउने, आफूलाई दिनभर व्यस्त राख्ने।