काठमाडौं– वास्तवमा उमंगित भएर गरिने लयत्मक हाउभाउ नै नाच्नु हो। नाच्नु हाम्रो शरीरको प्राकृतिक गुण हो। तपाईंले नाच्न सिक्नै पर्दैन। यो स्वतस्फूर्त तपाईंको शरीरले प्रकट गर्ने एक किसिमको लयत्मक हाउभाउ हो। जब हामी अत्यान्तै खुसी हुन्छौं, त्यसबेला पनि हाम्रो शरीरले यस्तै किसिमको हाउभाउ देखाउँछ।
नाच्दा हामीलाई शारीरिक लाभ मिल्छ। तपाईं सानोतिनो कुराम पनि खुलेर रमाउनुहोस, नाच्नुहोस्। यसलबाट तपाईंको शरीर प्रत्यक्ष लाभान्वित हुनेछन्। नाच्नका लागि साथीसंगी चाहिँदैन। रमझम नै चाहिँदैन। कार्यक्रम चाहिँदैन। तपाईं एक्लै पनि नाच्न सक्नुहुनेछ। किनभने यो तपाईंले अरुलाई देखाउनका लागि होइन, बरु आफैलाई प्रफुल्ल र तन्दुरुस्त तुल्याउनका लागि हो।
मस्तिष्कलाई स्वस्थ्य राख्न– नृत्यले तपाईंको शरीरलाई राम्रो मात्रै बनाउँदैन। यसले स्मरण शक्तिलाई पनि प्रभावकारी बनाउन मद्धत गर्छ। नृत्यले बढ्दो उमेरसँगै हुने डिमेन्सियाको समस्यालाई पनि रोक्छ। एरोबिक्स गर्नु तपाईंको मस्तिस्कको लागि धेरै राम्रो हुन्छ।
नियमित नाचौं– नियमित रुपमा तपाईं गीत घन्काएर नाच्न थाल्नुभयो भने तपाईंले खुसी मात्र प्राप्त गर्नुहुँदैन, तपाईंको शरीर फिट एन्ड फाइन पनि रहन्छ। किनभने नृत्य एक किसिमको व्यायाम पनि हो।
शरीर लचिलो बनाउँछ– नृत्यले मानिसको मांसपेसीहरुलाई लचिलो बनाउन मद्धत गर्छ। नृत्य गर्नाले तपाईंको शरीरमा लचिलोपन बढ्छ र दृढता कम हुन्छ। यसको लागि घरमा कैयौं किसिमको फर्ममा नृत्य गर्न सकिन्छ।
उर्जावान बनाउँछ– आफ्नो भावनाहरुलाई व्यक्त गर्नको लागि नृत्यको मद्धत लिन फाइदाजनक हुन्छ। यसले तपाईं रिल्याक्स महसुस गर्नुहुन्छ र शरीरमा उर्जा आँउछ।
नाच्न जान्नै पर्दैन– अक्सर हामी कुनै साँस्कृतिक कार्यक्रम, रमझम वा खुसी भएको बेलामा मात्रै नाच्ने गर्छौं। बिहेकार्जे, मनोरञ्नात्मक कार्यक्रममा हामी नाच्छौं। तर, अरु बेला वा भनौं सामन्य दिनमा पनि तपाईं नाच्न सक्नुहुन्छ। निर्धक्क र निस्फिक्री। तपाईंलाई लाग्न सक्छ, मलाई नाच्नै आउँदैन।कुनै गीत घन्काउनुहोस् र शरीरलाई त्यही लयमा गतिशिल तुल्याउनुहोस्। वस् यतिभए पुग्छ।
यसले हामीलाई शारीरिक र मानसिक दुवै रुपमा फिट राख्न सहयोग गर्छ। शरीरलाई स्वस्थ राख्न पनि नृत्य उपयोगी हुन्छ। कोही पनि व्यक्तिले नृत्य गरेर यसको लाभ उठाउन सक्छ। तपाईंलाई फिट रहन मनपर्छ तर, जिम जोइन गर्न मन छैन भने त्यसको विकल्प पनि हुनसक्छ यो। यसको लागि तपाईंले नृत्य कक्षामा भर्ना हुन सक्नुहुन्छ वा आफ्नै घरमा आफ्नै तरिकाले बिन्दास नाच्न सक्नुहुन्छ।
तनाव कम गर्छ– मानिसलाई तनाव महसुस भएमा वा यसबाट ग्रसित भएका मानिसलाई यस्तो समस्याबाट बाहिर ल्याउनको लागि नृत्यले मद्धत गर्छ। तनावलाई टाढा गर्नको लागि तपाईं कुनै पनि किसिमको नृत्य गर्न सक्नुहुन्छ। यसले तपाईंलाई आनन्द महसुस हुन्छ।