काठमाडौं– यदि तपाई गीत–संगीत सुन्नुहुन्छ, भने यसले तपाईंको मुड ठीक गर्नुको साथै मुटुलाई पनि स्वास्थ राख्न सहयोग गर्छ। यसले हाम्रो दिमाग तेजिलो र तीक्ष्ण हुन्छ।
गीत–संगीतले हाम्रो जीवनमा धेरै प्रभाव पार्छ। हरेक व्यक्ति चाहे त्यो बच्चा होस् कि युवा अथवा वृद्ध आफ्नो इच्छा अनुसार गीत–संगीत सुन्न रुचाउँछन्। तपाइले धेरै कथाहरुमा सुन्नु भएको होला रुख–विरुवा हल्लिँदा, जीव–जन्तु बोल्दा, हावा चल्दा आदिमा पनि मधुर गीत–संगीतलाई महसुस गर्न सकिन्छ।
जब हामी आफ्नो मन पर्ने गीत सुन्छौं, तब हाम्रो दिमागबाट एक किसिमको रसायनको श्राव हुन्छ। जसलाई डोपामाइन भनिन्छ। गीत–संगीतले हाम्रो स्वास्थ्यलाई पनि धेरै प्रभावित गर्छ। त्यसले हाम्रो मानसिकतालाई सकारात्मक बनाउन सहयोग र्पुयाउँछ र हाम्रो भावनाहरुलाई पनि बलियो बनाउँछ।
गीत सुन्नुको फाइदाहरुः
दिमागलाई ताजा राख्न मद्दत गर्छ– एउटा अध्ययनका अनुसार गीत–संगीतले दिमागलाई सधैं स्वस्थ बनाई राख्छ। शोध अनुसार गीत सुन्नु दिमागको व्यायाम जस्तै हुन्छ।
मुटुलाई स्वस्थ राख्छ– जुन व्यक्तिलाई मुटु सम्बन्धी धेरै किसिमको रोगहरु लागेको छ। उनीहरुले धेरै गीत सुन्नुपर्छ। एउटा अध्ययन अनुसार जब हामी आफूलाई मन पर्ने गीत सुन्छौं। त्यस समयमा हाम्रो दिमागबाट एन्डाफिर्न नामक हार्मोन निस्कन्छ। यो हार्मोन मुटु सम्बन्धी समस्याहरुबाट मुक्ति पाउनका लागि सहयोगी हुन्छन्।
गीत–संगीतले खुशी राख्छ– जब हामी कुनै राम्रो गीत सुनिरहेका हुन्छौं। त्यस समयमा हाम्रो दिमागले डोपामाइन रिलिज गर्न थाल्छ। यसलाई हृयापी हार्मोन पनि भनिन्छ। हृयापी हार्मोन खुशी र एक्साइटमेन बढाउनका लागि धेरै प्रभावकारी हुन्छ। त्यसैले जब हामी कुनै राम्रो गीत सुन्छौं, हाम्रो मानसिकता परिर्वतन हुन्छ र हामी भित्रबाट नै खुशी भएको अनुभव गर्न थाल्छौं।
चिन्तालाई टाढा राख्छ– गीतले चिन्तालाई टाढा गर्छ र सही मानसिकताको लागि धेरै प्रभावकारी सावित हुनसक्छ। एउटा अध्ययन अनुसार हाम्रो मानसिकता र जीवनको गुणमा गीत संगीतको धेरै सकारात्मक प्रभाव पर्छ।
रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ– रोग प्रतिरोधक क्षमतालाई दुरुस्त राख्नको लागि गीत सुन्नु अति आवश्यक हुन्छ। यसले शरीरमा स्ट्रेस हार्मोनको श्रावलाई कम गर्छ। जुन रोग प्रतिरोधक क्षमतालाई कमजोर गर्नको लागि जिम्मेदार हुन्छ।