काठमाडौं– हामी जाडो मौसममा खान सकिने परीकार तथा खानेकुराका, शरीरको हड्डी सहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउनलाई विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ।
कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छः
अदुवा, बेसार– सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ।
भुटुनमा तोरी तेल– कम मात्रामा नुनको प्रयोग गरी रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाएमा समेत यसले शरीरमा ताप बढाउने गर्दछ।
दुध तथा अण्डा– अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ। यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउछ।
गेडागुडी तथा माछा मासु– जाडोमा टुसा पलाएको गेडागुडी तथा माछामासुको सेवन गरेमा चिसो लाग्दैन। साथै छाला रुखो हुनबाट समेत बचाउछ। यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ।
गाजरको हलुवाः जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ। गाजरको हलुवा बनाउदा, चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ।
तातो भोजन–जाडो मौसममा सामान्य तातो भोजन सेवन गर्नुपर्छ। यसले शरीरमा तातोपना बढाउनुका साथै चिसोले निष्क्रिय भएको शारीरीक अंगलाई फाइदा समेत पुर्याउदछ।
सागपात– जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो। यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ।
पर्याप्त तरल पदार्थ– जाडोमा पसिना कम आएपनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्छ। विशेषतः बालबालिका, गर्भवती महिला तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम खानु हुदैन।
आलस र तिल– शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ। आलसलाई भुटेर पाउडर बनाई बिहानबेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ।
काजु, पिस्ता र बदाम– काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ। अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ।
चिकेन सुप– यदि तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा कुखुराको सुप बनाएर पिउनाले निकै लाभ मिल्छ। कुखुराको मासुले शरीरलाई तातो दिने काम गर्छ। यसले रुघाखोकी समेत निको पार्छ।
जौ, गहुँ र फापर– जाडोमा भात खानु उपयुक्त मानिदैन, यसले शरीरलाई चिस्याउने काम गर्छ। जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो। यि अन्नले शरीरमा तातोपना बनाइ राख्ने गर्दछन्।
लसुन– चिसो भगाउन लसुनलाई निकै राम्रो मानिन्छ। साथै यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउछ। लसुनको सेनव गर्दा भाइरससंग लड्न समेत मद्दत गर्छ।
मरिच– चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि मरिच निकै प्रभावकारी मानिन्छ। मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसंग लड्ने क्षमता बढाउछ।
चिया– जाडो मौसममा चिया, कफि वा हर्बल टी पिउनु निकै लाभदायक हुन्छ।