काठमाडौं– यदि तपाईं आफ्नो शरीरको तौल घटाउने सोचमा हुनुहुन्छ, भने पर्याप्त मात्रामा पानी पिउनु अत्यन्तै आवश्यक हुन्छ। बिहान उठेपछि सबैभन्दा पहिला पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
तौल घटाउनका लागि बिहान सबैभन्दा पहिला मनतातो पानी पिउनु राम्रो हुने बताइन्छ। तर बिहान पानी पिउनाले तौल घटाउने कार्यमा फाइदा छ वा छैन भन्नेबारे जानकारी लिन आवश्यक छ।
यसबारे केही जानकारीः
हाम्रो शरीरमा अनावश्यक फोहोर तत्वलाई हटाउने काम किड्नी (मिर्गौला) ले गर्दछ। पानीले मिर्गौलालाई राम्रोसँग काम गर्न महत्वपूर्ण सहयोग पुग्दछ। तर यसको पानी पिउने समयसँग कुनै सम्बन्ध हुँदैन। पानी पिउनाले क्यालोरी इन्टेक घट्ने बताइन्छ। किन भने यसले तपाईंको पेट भरिएको हुन्छ। यद्यपि, यो कुरा पूर्ण रुपमा भने सत्य होइन। युवाका लागि यो त्यति फाइदाजनक हुँदैन। तर पनि यसले तपाईंको शरीरलाई ओसिलो बनाइ राख्न सहयोग पुग्ने छ।
बिहान पिसाबको रङ्ग गाडा पहेलो हुन्छ। यसबाट मानिसलाई शरीरमा पानीको कमी भयो कि भन्ने लाग्छ। जसका कारण बिहान पानी पिउन आवश्यक हुन्छ। तर पिसाबको रङ्ग पर्याप्त मात्रामा पानी पिउनाले संलिन्छ भन्ने होइन। यस्तो हुनुको कारण मानिस बढी ध्यानमग्न हुँदा बिहान पिसाब गाडा हुने गर्छ।
महत्वपूर्ण कुराः
बिहान सबैभन्दा पहिले पानी पिउनाले शरीरको तौल घटाउन सहयोग पुग्छ भन्ने कुनै स्पष्ट आधार छैन। यद्यपि, तपाईंको बिहान पानी पिउने बानी छ भने त्यसमा कुनै बेफाइदा छैन। तपाईं बिहान पानी पिउनु हुन्न भने पनि केही फरक पर्दैन। तर शरीरलाई दिनभर चाहिने आवश्यक पानी पिउनु चाहिँ तपाईंका लागि जरुरी हुन्छ।