कैलाली– धनगढीमा नेपाल डेन्टल फेसियल सेन्टर आइतबारदेखि सञ्चालनमा आएको छ। डेन्टल फेसियल सेन्टर सञ्चालनसँगै यस क्षेत्रका बासिन्दाले डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्नका लागि काठमाडौँ अथवा भारत जानुपर्ने बाध्यता घट्दै जाने भएको छ।
धनगढीमै कार्यरत पाँच जना डाक्टरको टिमले रु छ लाखको लगानीमा नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरेको हो। धनगढीसहित सुदूरपश्चिम प्रदेशभरी डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्ने सेन्टर नभएका बेला नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरिएको सञ्चालकमध्येका एक डाक्टर दीपक ठकुराठीले जानकारी दिए।
उनले भने, ‘अब सेन्टरको स्थापनाले बाहिर जानुपर्ने समस्या हट्दै जानेछ।’ चटकपुरस्थित सिपी अस्पतालका सञ्चालक डाक्टर सिपी पाण्डेयले उक्त सेन्टरको उद्घाटन गरेका छन्।
रासस