काठमाडौं– अलैची नेपालको विभिन्न ठाउँमा उत्पादन हुदै आएको छ। हेर्दा सानो हुने अलैंची तर यसका फाइदा भने धेरै रहेको आयुर्वेदमा उल्लेख गरिएको छ। यसले मुटु र गलाको मलिनतालाई टाढा राख्छ। यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्याउँछ। मुटुलाई बलियो बनाउँछ। भने मुखको दुर्गन्धबाट राहत पाउन पनि अलैचीले सहयोग गर्दछ।
पेट घटाउन सहयोग पुर्याउँछ– यदि तपाईंको पेट बाहिर पुट्ट निस्किएको छ र यो भित्र जाओस् भन्ने चाहनुहुन्छ भने, राती सुत्नुअघि दुईवटा अलैंची खाएर तातो पानी पिउनुहोस्। यसमा पोटासियम, म्याग्नेसियम, भिटामिन बीवान, बीसिक्स र भिटामिन सी ले शरिरको अतिरिक्त बोसो पगाल्ने गर्दछ। यसमा पाइने फाइबर र क्याल्सियमले पनि तौललाई नियन्त्रणमा राख्छ।
कपाल झर्न रोकिन्छ– राति दुईवटा अलैंची खाएर पानी पिउँदा कपालको जरा बलियो हुन्छ, त्यसकारण कपाल झर्न रोकिन्छ। यसले कपाललाई कालो बनाउन पनि सहयोग पुर्याउँछ। यसले कपाललाई चायामुक्त पनि बनाउँछ।
पत्थरीमा फाइदा– पत्थरी भएकाले अलैची खाँदा फाइदा पुग्छ। यसले पत्थरीलाई फुटाउन सहयोग पुग्छ। अलैचीले जन्डिस, पिसावजन्य रोग, छाती पोल्ने, पेट दुखाई, दम, पत्थरी र जोर्नीको दुखाई भएमा अलैंचीको सेवन लाभकारी हुन्छ। यदि राति सुत्नु अघि अलैंचीलाई तातो पानीसँगै खानुहुन्छ भने यसले दोब्बर फाइदा पुर्याउँछ।