काठमाडौं– हाम्रो शरीरलाई पर्याप्त मात्रामा पानीको आवश्यक पर्छ। मानिसका लागि पानी नभइ नहुने एक पेय पदार्थ हो। पानी नियमित रुपमा शरीरलाई पुग्नेगरी पिउने हो भने धेरै रोगहरु लाग्न पाउँदैनन्। शरीरमा भएका रोग पनि निर्मुल हुँदै जाने चिकित्सकहरु बताउँछन्।
पानी पिउँदा रोगहरु नियन्त्रण हुने भए पनि बजारमा सफा पानी पाउन मुस्किल हुन्छ। प्लास्टिकका बोतलमा भरिएका र फ्रिजमा राखिएका पानीले स्वास्थ्यलाई असर र्पुयाउँछ। फ्रिजमा राखिएको पानी पिउँनुभन्दा माटाको घडामा राखिएको पानी निकै लाभदायक हुन्छ।
गाउँघरतिर पानी चिसो पार्न अझै पनि माटाको गाग्रो मा राख्ने चलन छ। शहरमा भने पानी चिसो पार्ने एक मात्र विकल्प भनेको फ्रिज हो। फ्रिजमा पानी चिसो बनाउन प्लास्टिकका बोतलमा राखिन्छन्, जसका कारण प्लास्टिकका अशुद्धिहरू पानीमा जम्मा हुन्छन्। यसले धेरै किसिमका रोग निम्त्याउन सक्छ।
त्यसैले माटोको भाँडामा राखिएको पानी पिउनु उत्तम मानिन्छ। माटोमा रोगसँग लड्ने धेरैथरी क्षमता हुन्छन्। माटोको भाँडोमा राखेको चिसो पानी पिउँदा स्वास्थ्य सम्बन्धी कुनै समस्या उत्पन्न नहुने चिकित्सक बताउँछन्। माटोको भाँडामा राखेको अशुद्ध पानी पनि शुद्ध हुने गर्छ।
यदि तपाईंलाई ग्यास वा एसिडिटी समस्या छ भने दैनिक माटोको घडाको पानी पिउनु निकै लाभदायक मानिन्छ। किनकी यसले पाचनक्रियालाई मजबुत बनाउँछ। पेटसम्बन्धी रोग नियन्त्रणमा समेत मद्दत पुर्याउँछ।