काठमाडौं– रातिको खाना प्रायः हल्का नै हुनुपर्छ। शाकाहारी व्यक्तिहरुले रातिको खानामा उमालिएका तरकारीहरु, ग्रिल्ड तरकारीहरु, सुप, सलाद आदि खान सकिन्छ।
यदि तपाईंलाई धेरै भोक लागेको छ भने तपाईंले दाल, ओट्स आदि खान सक्नुहुनेछ। तपाईं मांशाहारी हो भने रातिको खानामा ग्रिल्ड चिकेन अथवा माछा खान सक्नुहुनेछ।
सामान्यतयाः मानिसहरुलाई के लाग्छ भने चिकेन हेवी खाना हो। तर, प्रोटिनले भरिपूर्ण चिकेनलाई यदि ग्रिल्ड बनाउने भने हो त्यसमा क्यालोरीको मात्रा धेरै हुँदैन। राति तपाईंले आरामसँग ग्रिल्ड चिकेन अथवा ग्रिल्ड फिस खान सक्नुहुनेछ।
रातिको खानामा ध्यान दिनुपर्ने अन्य कुराहरुः
– रातिको खाना सधैं सुत्नुभन्दा २–३ घण्टा पहिला नै खाइसक्नुपर्छ, कुनै पनि स्थितिमा राति ९ बजेसम्म खाना खाइसक्नुपर्छ। खाना खाएपछि ५ मिनेट आमार गर्ने र त्यसपछि कम्तिमा १५–२० मिनेट पैदल यात्रा अथवा हिँडडुल गर्नुपर्छ, यस्तो यात्रा घरभित्रै पनि गर्न सकिन्छ।
– खाना खाने क्रममा खाना खाएको एक घण्टासम्म पानी पिउनु हुँदैन। यदि खाना पिरो छ भने तपाईंले एक-दुई घुट्की पानी पिउन सक्नुहुनेछ। खाना खाएको कम्तिमा दुई–तीन घण्टासम्म तपाईंले नुहाउनु हुँदैन।