काठमाडौं– जाडोमा शरीरलाई निकै न्यानो बनाइराख्ने एक कन्दमूल हो। सखरखण्ड, यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। सखरखण्डमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्दछ। यसले रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउछ।
यसमा स्टार्च हुने भएकोले यसको एक सय ग्राममा ९० क्यालोरीसम्म हुन्छ। यस्तै फोलेट, आइरन, म्याग्नेसियम, कपर, भिटामिन आदि पनि प्रशस्त पाइन्छ।
सखरखण्ड खानुका फाइदाः
– छालामा चाउरीपना आउँन दिँदैन, छालामा चमक आउँछ। छालामा पुर्नताजगी ल्याउन मद्दत गर्छ। डायट्री फाइबर र कार्बोहाइड्रेट बढी मात्रामा हुने हुँदा रगतको मात्रा बढाउँन सहयोग पुया्उँछ।
– यसमा पाइने क्यारोटिनाइडले रगतमा चिनीको मात्रा नियन्त्रित गर्न सघाउँछ। मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ। रक्तचाप नियन्त्रण गर्न सखरखण्डको सेवन लाभदायक मानिन्छ। रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ र इन्सुलिन बढ्दैन।
– यसमा भएको पोटेसियमले स्नायु प्रणालीको सक्रियतालाइ राम्रो बनाइराख्नुका साथै मिर्गौंलालाई स्वस्थ राख्न सहयोगी भूमिका निभाउँछ। यसमा प्रशस्त मात्रामा भिटामिन बी–६ पाइने हुँदा शरीरमा होमोसिस्टिन नामक अमिनो एसिडको प्रवाहलाई नियन्त्रण गर्छ।
– यसमा भिटामिन डी प्रशस्त हुन्छ। यसका कारण हाड, दाँत, नशा, छालाको लागि यसको फाइदाजनक मानिन्छ। भिटामिन ए पनि प्रशस्त पाइने हुनाले आँखा तेजिलो बनाउन मद्दत गर्दछ।