काठमाडौं– क्यान्सरको नाम मात्र सुन्दा धेरै मानिस तर्सने गर्दछन्। क्यान्सर एक र घातक खतरनाक रोग पनि हो। अहिले विश्वका धेरै देशमा क्यान्सरका रोगीहरु बढीरहेका छन्। क्यान्सर लाग्दा यसको उपचारको सम्भावना न्युन रहेकाले यसलाई खतरनाक रोग मानिन्छ। जो महिलाहरूमा बढी मात्रामा जोखिम हुने गर्दछ।
स्तन क्यान्सर– महिलाहरूमा सबैभन्दा धेरै स्तन क्यान्सरको खतरा बढी हुन्छ। यो क्यान्सर स्तनका कोशिकाहरूमा हुने गर्दछ। स्तनमा गाँठो हुनु स्तन क्यान्सरको लक्षण हुनसक्छ। यदि यस्तो भएमा तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ।
सर्वाइकल क्यान्सर– महिलाको गर्भाशायमा कोशिकाको अनियमित वृद्धि हुनुलाई सर्वाइकल क्यान्सर भनिन्छ। यस्तोमा गर्भासयको ग्रीवामा संक्रमण हुने गर्दछ। सर्वाइकल क्यान्सर शारीरिक सम्बन्ध बनाउदा एक ब्यक्तिबाट अर्कोमा सर्न सक्छ।
फोक्सोको क्यान्सर– फोक्सोको क्यान्सरले धेरै महिलाहरु मृत्युको मुख पुग्ने गरेका छन्। खोकी लाग्नु, टाउको दुख्नु, साँस फेर्न ग्राहो हुनु, खोक्दा रगत आउनु र हनहन्ती ज्वरो आउनु फोक्सोको क्यान्सरको प्रारम्भिक लक्षण हो। फोक्सोको समस्यामा तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ।
ग्याष्ट्रिक क्यान्सर– ग्याष्ट्रिक क्यान्सर हुदाँ पेटको पत्रमा ट्युमर बन्ने गर्दछ। पेट दुख्नु, खाना अपच हुनु, अचानक शरीरको बजनमा कमी आउनु, भोक नजाग्नु ग्यास्ट्रिक क्यान्सरका लक्षण हुन्। यस्तो लक्षण देखा परे ग्याष्ट्रिक क्यान्सर भएको हुनसक्ने भएकाले तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्छ।
मुखको क्यान्सर– मुख वा गलाको टिस्युमा हुने क्यान्सरलाई मुखको क्यान्सर भनिन्छ। मुखको क्यान्सरमा ओठ, जिब्रो, च्यापु समेत पर्ने गर्दछन्। यो क्यान्सर सूर्ती, चुरोट तथा रक्सीको सेवनले हुने गर्दछ। मुखबाट रगत आउनु, दाँत हल्लिनु, मुख दुख्नु, राता फोका देखिनु मुख क्यान्सरको लक्षण हो।