काठमाडौं– नेपाली चिकित्सकहरुले क्यान्सरका बिरामीको सहज उपचारका लागि क्यान्सर उपचार निर्दे्शिका बनाउने भएका छन्।
सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपालले पहिलो पटक नेपाली बिरामीको अवस्था अनुसारको निर्दे्शिका बनाउन लागेको हो।
सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपालका संयोजक डाक्टर प्रकाशराज न्यौपानेको अनुसार नेपालमा क्यान्सरको बिरामीका उपचार गर्ने छुट्टै निर्दे्शिका नहुँदा बिरामीले विविध समस्या भोग्नु परेको भन्दै निर्दे्शिका बनाउन लागिएकोे हो।
डा न्यौपानेले नेपालका क्यान्सर रोग विशेषहरुले हाल युरोप र अमेरीकामा भएका मापदण्डलाई अनुसरण गर्दै नेपाली बिरामीको उपचार गर्ने गरेका जानकारी दिए। तर युरोप तथा अमेरीकाले बनाएको क्यान्सर सम्बन्धि कतिपय निर्दे्शिका अनुसार नेपाली बिरामीको उपचार गर्न सम्भव नभएको भन्दै नेपालकै बिरामीका लागि उपयुक्त हुने निर्दे्शिका नेपालमै बनाउन लागेको डा न्यौपानेले बताए।
नेपालमा विभिन्न किसिमका क्यान्सरको उपचारहरु हुँने भएपनि सरकारले क्यान्सर रोगको उपचारबारे छुट्टै निर्दे्शिका हालसम्म बनाएको छैन। सरकारले क्यान्सररोगको उपचार निर्दे्शिका नबनाउदा क्यान्सरका बिरामीले उपचारमा सहज र समान पहुँच संयोगक डा न्यौपालले बताए।
क्यान्सर रोगको उपचार निर्दे्शिका बनेपछि क्यान्सरका बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने डा न्यौपानेले जनाए।