काठमाडौं– अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ। सागमा धेरै भिटामिन पाइन्छ भन्ने सबैलाई थाहा भएकै विषय हो। बढी पोषणयुक्त तरकारीमा रायोको साग पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ।
रायोमा के फाइदा हुन्छः
रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुन्छ।
यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ।
रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न यो अत्यन्त उपयोगी हुन्छ।
जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ।
रायोमा भिटामिन सीको राम्रो भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई लाभदायक हुन्छ।
रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ। रायोको साग नियमित खाँदा क्यान्सरको जोखिम कम गर्छ।