काठमाडौं– विवाहमा आर्कषक देखिन धरै मानिसहरु दुब्लाउने गर्दछन्। शरीरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत गर्दछन्। तर विवाहपछि भने मानिसहरु शरीरको फिटनेसमा वास्ता गर्दैनन्। त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन्।
के कारणले मानिसहरु विवाहपछि मोटाउछन्ः
हर्मोनल परिवर्तन– विवाहपछि मानिसको दैनिकी र जीवनशैली परिवर्तन हुन्छ। जसले शरीरमा थुप्रै हर्मोनल परिवर्तन हुन्छन्। जसका कारण मानिसहरु विवाहपछि अस्वभाविक रुपमा मोटाउने गर्दछन्।
तनाव बढ्नु– विवाहपछि मानिसको जीवनमा आएका परिवर्तनहरुले कतिपय विवाहिताहरु तनावमा हुने गर्दछन्। तनावमा भएका मानिसमा भोक ज्यादा हुन्छ र उनीहरु असन्तुलित खानपान गर्दछन् र मोटाउने गर्दछन्।
अनिन्द्रा– विवाहपछि मानिस मोटाउनुको अर्काे कारण भनेको अनिन्द्रा हो। विवाहपछि मानिस निकै व्यस्त हुने भएकाले उनीहरु पर्याप्त निदाउन पाउँदैनन्। अध्ययन अनुसार नियमित ६ घण्टाभन्दा कम सुत्ने मानिसको शरीरमा मेटाबोलिजम कम हुन्छ, जसको कारणले मानिस मोटाउने गर्दछन्।
ब्यायाम नहुनु– विवाहअघि शरीरलाई सन्तुलनमा ल्याउन ब्यायाम गर्नेहरु विवाहपछि भने शारीरिक बनावट, डाइट र फिटनेसमा ध्यान दिँदैनन्। जसका कारण विवाहपछि मानिसहरु अस्वभाविक रुपमा मोटाउने गर्दछन्।
ढिलो विवाह– मानिस मोटाउने उमेर भनेको औसतमा ३० बर्षपछि शुरु हुन्छ। र, आजकाल धेरै मानिस सेटल भएपछि वा ३० बर्षको हाराहारीमा विवाह गर्दछन्। जबकी ३० वर्षको उमेरपछि हाम्रो शरिरमा मेटाबोलिजमको रेट कम हुन गइ तौल बढ्न थाल्छ।
अन्य कारण– विवाहपछि मानिसहरु भेटघाट तथा घुमघाममा जादा बढी मात्रामा अनेकौं परिकारहरु खानुपर्ने हुन्छ। बाहिरको खानामा क्यालोरीको मात्रा अधिक हुन्छ। साथै, हेभी खानाले स्वतः शरीरको वजन बढाउने गर्दछ।