काठमाडौं– कपाल लामो र सुन्दर बनाउन मानिसहरुले विभिन्न औषधी सेबन गर्छन, तर खानपिनमा त्यति ध्यान दिँदैनन्। खानपिनकै कारण कपाल मजबुत र सुन्दर बन्छ भन्ने कुरा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन्। सुन्दर कपाल बनाउन के कस्ता खानेकुरा खाने भन्ने विषयमा ध्यान दिएको पाइँदैन।
के कस्ता खानेकुराले कपाल सुन्दर र मजबुत बनाउँनेः
गेडागुडी– गेडागुडीमा प्रशस्त मात्रामा आईरनको मात्रा हुन्छ। शरिरको रक्त प्रवाहमा आइरन महत्वपूर्ण मानिन्छ। आईरनले कपालको जरा मजबुत बनाउछ। नियमित गेडागुडी खाँदा कपाल झर्नबाट रोकिनुका साथै कपालको जरा बलियो हुन्छ।
अन्डा– प्रोटिन अभावमा हाम्रो शरिरका अंगहरु बृद्धि हुँदैनन्। कपालको वृद्धिमा पनि यही लागू हुन्छ। अन्डा प्रोटिनमात्र होइन यसमा बायोटिन पनि हुन्छ, जसले कपाललाई बलियो र सुन्दर बनाउछ। आल्मोन्ड– नियमित आल्मोन्ड (बदाम) खाँदा कपाल बृद्धि गर्छ। आलमोन्डले छाललाई जोगाउने मात्र होइन यसमा हुने केराटिन नाम गरेको तत्वले कपाललाई मजबुत समेत बनाउँछ।
सागपात– कपाललाई मजबुत र सुन्दर बनाउन मेथाईसल्फनीमिथेन (एमएसएम) नामक तत्व चाहिन्छ। एमएसएमलाई अर्गा्निक सल्फर पनि भनिन्छ, जुन केराटिनको विकासको लागि महत्वपूर्ण मानिन्छ। एभोकाडो– कपाल बृद्धि र झर्नबाट रोक्न एभोकाडो महत्वपूर्ण मानिन्छ।
एभोकाडोबाट प्राप्त हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई स्वस्थ र बलियो बनाउछ। एभोकाडोलाई थिचेर यसलाई स्याम्पुको रुपमा पनि प्रयोग गर्न सकिन्छ। साल्मोन– साल्मोनमा हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई सुन्दर र आर्कषक बनाउन।