काठमाडौं– किशोर अवस्थादेखि नै आजकाल मानिसमाभँडी बढेर हैरान हुनुहुन्छको समस्या देखिन थालेको छ। युवा उमेरका अधिकाशं मानिसमा शरीरको सबै भाग फिट रहेता पनि पेटरभुँडी भने बाहिर निस्किएको हुन्छ।
यसको कारण उचित खानपानको ब्यवस्थापन अभावमा मानिसहरु दिनप्रतिदिन मोटोपनको शिकार बन्दै गएका छन्। भुँडी लाग्ने यहि समस्या पछि रोगको कारण बन्न सक्छ। भुँडी घटाउन मानिसहरु बिहान–बेलुका मर्निङ वाक गर्ने, योग गर्ने, साइकिलिङ गर्ने वा हल्काफुल्का ब्यायाम गर्ने गर्दछन्।
केही युवा दौडने र जिम जाने समेत गर्छन्। यसरी गरिने क्रियाबाट मात्र मानिसको भुँडी लाग्ने समस्या न्युन हुँदैन। हामीले खाने खाना तथा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्दछ।
उसिना चामल खानुहोस्– भुँडी लागेका मानिसले कार्बोहाईड्रेड बढाउने खाद्य सामाग्रीको उपभोग गर्नु हुँदैन। तर यदि तपाई खानाका रुपमा भात नखाई सक्नुहुन्न भने उसिना चामलको भात खानुहोस्। साथै खाजामा पनि ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य सामाग्री प्रयोग गर्नुहोस्।
अत्यधिक पानी पिउनुहोस्– पानी धेरै पिउँदा भुँडी बढ्ने समस्या मात्रा होइन अरु रोगहरुका लागि पनि फाइदाजनक हुन्छ। पानी धेरै पिउने मानिसको भुँडीको बोसो बिस्तारै कम भएर जानेछ। नियमित केही घण्टाको अन्तरालमा पानी पिई राख्दा मेटापोलिजम बढ्छ र शरीरमा जम्मा भएका विषालु पदार्थ बाहिर निस्कन्छ।
माछामासु नखानुहोस्– शाकाहारी भोजन गर्नेको भन्दा मांसाहारी भोजन गर्नेको भुँडी निकै बढेको देखिन्छ। माछामासुमा अत्यधिक मात्रामा बोसो हुनेभएकाले त्यही बोसो शरीरमा जम्मा हुन जान्छ र स्वास्थ्य सम्बन्धी समस्याहरु देखा पर्न थाल्दछन्। त्यसैले सकेसम्म शाकाहारी भोजन गर्नुहोस्, धेरै सागसब्जी खानुहोस्। दिनमा दुई पटक फल र सागसब्जी खानु उत्तम हुन्छ।
कागती पानी खानुहोस्– भुँडी लागेको छ भने तपाईले हरेक दिन बिहान–बेलुका कागती पानी पिउनु उत्तम हुन्छ। तसर्थ आफ्नो दिनको शुरुवात कागती पानीबाट गर्नुहोस्। कागती पानीले पेटमा जम्मा भएको बोसो घटाउन मद्दत गर्छ। यो प्रभावकारी घरेलु उपाय हो। तातो पानीमा कागतीको रस र नुन मिलाएर हरेक दिन सेवन गरे मेटापोलिजम दुरुस्त रहन्छ र बिस्तारै भुँडी घटेर जान्छ।
गुलियो कम खानुहोस्– सकेसम्म चिनी वा गुलियोजन्य पदार्थबाट टाढा बस्नुहोस्। मीठाई कम खानुहोस्। मीठाई तथा चिल्लो युक्त पदार्थको सेवनले भुँडी बढाउने गर्दछ। यस्ता खाद्य पदार्थले शरीरमा बोसो जम्मा गर्न मद्दत गर्छन्। गुलियो र तेलबाट लाग्ने बोसो भुँडी, तिघ्रा लगायतका स्थानमा जम्मा हुने गर्दछन्।
काचो लसुन खानुहोस्– यदि भुँडी बढेर हैरान हुनुभएको छ र प्रभावकारी उपायको खोजीमा हुनुहुन्छ भने बिहान–बिहान २ पोटी काँचो लसुन चपाएर खाने बानी बसाल्नुहोस्। काँचो लसुनले शरीरलाई धेरै फाइदा पुर्याउँछ। यदि काँचो लसुन चपाएर त्यसलाई कागती पानीले निल्नुहोस्, यो भुँडी घटाउने सबैभन्दा उत्तम उपाय हो।
पकाउने तरिका बदल्नुहोस्– तपाईले खाना पकाउँदा भान्सामा प्रयोग गरेको शैली बदल्नुहोस्। साथै खाना पकाउँदा मसला र तेलको मात्रा कम गर्नुहोस्। दालचिनी, अदुवा तथा मरिच मिसाएर बनाएको मसला भान्सामा प्रयोग गरेमा तपाईको बढेको भुँडी घटेर जानेछ। यसले तपाईंको इन्सुलिनको क्षमता समेत बढाउँछ।
बदाम खाने गर्नुहोस्– भुँडी बढेको मानिसहरु थोरै खाना खाएर उठ्दैनन्। उनीहरु पेट नभरिउन्जेल अघाएको महसुस गर्दैनन्। त्यसैले बदामको सेवन गर्नुहोस्। यसले लामो समयसम्म भुँडी भरिएको अनुभूति हुन्छ र यसले मोटाई बढाउँदैन। बदाम भिटामिन ‘इ’, प्रोटिन तथा फाइबरको राम्रो स्रोत मानिन्छ।