काठमाडौं– अहिले विस्तारै जाडो बढीरहेको छ। मौसम परिवर्तन सँगै शरीरले पनि प्रतिक्रिया जनाउँछ। शरीरले प्रतिक्रिया जनाउनु भनेको रुघाखोकी लाग्नु, नाक बन्द हुँनु घाँटीमा टन्सिल हुनु हो। मौसम परिवर्तनको समयमा सामान्य रुघाखोकी लाग्दा आत्ति हाल्नु पर्दैन। मौसम परिवर्तनको समयमा लाग्ने रुघाखोकीबाट बच्न घरेलु उपाय अपनाउन सक्नुहुन्छ।
रुघाखोकी निको पार्ने घरेलु तरिकाः
– रुघाखोकी लागेकाले तातो पानीको प्रयोग गर्न आवश्यक हुन्छ। यसका साथै कागती हालेको चिया पिउँदा पनि रुघाखोकीलाई फाइदा पुग्छ, त्यस्तै तुलसीको पात खानाले पनि रुघाखोकीमा राहत मिल्छ।
– यस्तै मह मिसाएको पानी पिउँदा पनि रुघाखोकी लागेका व्यक्तिलाई राहत मिल्छ। तातो पानीमा मह मिसाएर नियमित सेवन गर्दा अन्य समस्याहरुमा पनि राहत मिल्छ।
– पुँदिनाको पात मिसाएर पानी उमालेर त्यसको बाफ लिने, यसो गर्दा रुघाखोकीलाई निकै फाइदा पुग्छ। र दिनमा दुईपटक बाफ लिदा उपयुक्त हुन्छ।
- रुघा लाग्दा नियमित रुपमा सिगान बग्छ। उक्त सिगान रुमालको सहायतमा पुछ्नु पर्छ। कहिलेकाही हातले पनि पुछिन्छ त्यस क्रममा नाक वरपर ब्याक्टेरिया रहेको हुन्छ। त्यसैले त्यसका लाग नूनपानीले नाक वरीपरि सफा गर्नुपर्छ नाकमा भएका ब्याक्टेरिया नष्ट गर्छ।
– त्यस्तै सफा रुमालको प्रयोग गरेर तातोपानीले बन्द नाकलाई सेक्ने, पानीमा बेसार, नुन र कागती राखेर पिउनाले पनि फाइदा पुग्छ।