काठमाडौं– मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिर्वतनका कारण नेपालका सहर बजारमा मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको चिकित्सकहरुको भनाइ छ। कुनै समय धनी र बुढाबुढीलाई लाग्ने रोकका रुपमा चिनिने मधुमेह आजकल सबै उमेर समूह तथा वर्गका मानिसमा तीव्ररुपमा बढीरहेको छ।
नेपालमा मात्रै अहिले २५ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ। मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो। यसलाई उचित आहारको सन्तुलन मिलाएर कम गर्न पनि सकिन्छ।
सरल जीवनशैलीसँगै व्यायाम, सन्तुलित भोजन र एन्टि–आक्सिडन्टले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ। यसको लागि धेरै मेडिकल र आयुर्वेधिक तरिकाहरु पनि छन्।
जस्तैः केराको फूल– केराको फूलले पनि मधुमेह बिरामीको रोग व्यवस्थापनको लागि उपयोगी मानिन्छ। सन् २०११ मा गरिएको एक अध्ययनले केराको फूल र स्यूडोस्टेममा एंटी–डायबेटिक र एन्टि–एजीई गुणहरू पाइने पत्ता लगाएको छ। यो मधुमेह बिरामीको लागि फाइदाजनक हुने जनाइएको छ।
केराको फूल र स्यूडोस्टेममा कम ग्लाइसेमिक सूचकांक र उच्च आहार फाइबर अनि एन्टि–आक्सिडन्टहरू पाइन्छ। मधुमेह रोकथाम र नियन्त्रण गर्न खोज्ने व्यक्तिको लागि केराको समूहको अन्त्यमा झुण्डिएको आँसुको आकारको मरून वा बैजनी फूलहरू लाभकारी मानिन्छ। यसले शरीरको रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ। यसलाई काँचै वा पकाएर खान सकिन्छ भने सलाद, करी वा सूपमा मुख्य रुपमा प्रयोग गरिन्छ।