काठमाडौं– आजकलका अधिकाशं मानिस उमेरभन्दा बूढो देखिने गर्दछन्। यसको मुख्य कारण भनेको स्वास्थ्यको हेरचाह नहुनु र जंक तथा फास्टफुड लगायतका हानिकारक वस्तुको सेवन र शारीरिक ब्यायामको अभाव हो।
यस्तो बानीले मानिस उमेरभन्दा छिट्टै बूढो देखिन्छ, बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला चाउरी पर्छ तथा आँखा मुनि कालो हुँदै जान्छ। डिप्रेसनमा रहेका ब्यक्ति, धेरै नुनको सेवन गर्ने र नशाका रोगीहरुमा छिट्टै बुढ्यौलिपना आउँछ।
तर आजकल अधिकाशं युवामा यी लक्षणहरु उमेर नपुग्दै देखिन थालेको छ। यदि तपाईं जवान देखिन चाहनुहुन्छ भने यि कुरामा ध्यान दिनुहोस्। यसले तपाईलाई जवान राख्न केही हदसम्म मद्दत गर्छ।
शारीरिक ब्यायाम गर्नुहोस्– आजकलका मानिस शारीरिक मेहनत कम गर्छन्। पसिना बगाउँदैनन्। शारीरिक ब्यायाम समेत हुँदैन। यस्तोमा शरीरका कोशिकामा परिवर्तन आउँछ र बुढ्यौलीपना बढ्दै जान्छ।
अबेर रातिसम्म जागा नबस्नुहोस्– मोबाइल चलाउने बानीले आजकलका धेरै मानिस अबेर रातिसम्म सुत्दैनन्। तर राति ढिलो गरी सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ। जसले मानिसलाई छिटो बूढो देखाउने गर्दछ।
मसलायुक्त खाना नखानुहोस्– शरीरले धेरै मसलायुक्त खाना पचाउँन सक्दैन। अझ कम चपाएर खाइएको खाना पचाउन शरीरलाई निकै बल पर्छ। यस्तोमा मानिसको आन्द्रामा भार पर्न गई शरीरको ऊर्जा सकिन्छ र छिट्टै बुढ्यौली आउँछ।
धेरै पानी पिउनु हुँदैन– धेरै पानी पिउने बानी छ भने यसलाई सुधार गर्नुहोस्। धेरै पानी पिउँदा मृर्गौलामा अत्याधिक दवाब पर्न गई पछि गएर काम गर्ने क्षमता गुम्दै जान्छ। यसले पनि बुढ्यौली निम्त्याउँछ।
समयमा दिशापिसाब गर्नुहोस्– कामको ब्यस्तता वा अन्य कारणले मानिसहरु धेरै बेर दिशापिसाब रोकेर बस्छन्। यसो गर्दा मृर्गौला र आन्द्रामा दवाब पर्न गई गम्भीर रोगमा परिणत हुन्छ। र बिस्तारै बुढ्यौलीपना देखिन्छ।