काठमाडौं– मह मानव स्वास्थ्यको लागि धेरै फाइदाजनक छ। आज भोली बजारमा अर्गानिक मह भन्दै नक्कली महको बिगबिगी धेरै छ। महको शुद्धताबारे जानकारी नभएकाहरु बजारमा विभिन्न बाहानामा ठगिने गरेका छन्।
चिनी पानीमा मौरीको चाका भिजाएर ‘शुद्ध मह’ भन्दै बेच्ने गरिन्छ। आफ्नै अगाडि चाकाबाट निकालेको मह भएकोले त्यसलाई धेरैले विश्वास गर्ने गर्छन्। त्यसैले अर्गानिक र शुद्ध मह कस्तो हुन्छ। त्यसको शुद्धता र परीक्षणको लागि निम्न उपाय अपनाउन सकिन्छ।
औलाको सहयोगले जाँचः
महको एक थोपालाई बुढी औंला र चोर औंलाले च्याप्नुपर्छ। त्यसपछि बिस्तारै दुई औंला फट्याउनु पर्छ। यस्तो हुँदा दुई औंलाबीच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ। शुद्ध मह दुबै औंलामा टाँसिएर बसेको हुन्छ। त्यसैले यसमा तार बन्ने गर्छ। तर, मिसावटी मह त्यसै फाटिने गर्छ।
शुद्ध मह आगोमा जल्छः
यदि पानीबाट जाँच गर्न सकिएन भने यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ। यसको लागि पहिले एउटा मैनबत्ती जलाउनुहोस् र त्यसमा एउटा काठमा कपास राखेर त्यसको बाहिर मह दल्नुहोस्। त्यो मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ। त्यदि त्यो कपास बल्न समय लाग्यो भने त्यो महमा मिसावट भएको पुष्टि हुन्छ।
पाउरोटीको सहयोगबाट परीक्षणः
दैनिक खाने पाउरोटी पनि महको परीक्षणमा सहायक हुने गर्छ। शुद्ध मह पाउरोटीमा लगाउँदा त्यो कठोर हुने गर्दछ। जबकी मिसावट भएको मह पाउरोटीमा लगाउँदा झनै नरम हुने गर्दछ।
तातो पानीले बताइदिन्छ नक्कली वा सक्कली महः
महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी हो। यसको लागि काँचको गिलास या कचौरामा तातो पानी भर्नु पर्छ। त्यसमा एक चम्चा मह हाल्नुपर्छ। त्यो मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ। यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ। मिसावटी मह बनाउनको लागि चिनी या सख्खरको प्रयोग गरिन्छ। त्यसैले त्यो पानीमा घुल्छ।
पानी र भेनेगरबाट गरौं परीक्षणः
काँचको गिलास या कचौरामा एक ठूलो चम्चाको एक चम्चा पानी हाल्नुपर्छ। त्यसमा २ वा ३ थोपा सिरका र थोरै पानी हालेर राख्नुपर्छ। दुई तीन मिनेटसम्ममा त्यसमा फोका उठ्न थाल्यो भने जान्दा हुन्छ कि महमा मिसावट छ।
टिस्यु पेपरबाट पत्ता लाग्छ महको शुद्धताः
महको शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ। यसको लागि टिस्यु पेपरमा महको एक एक थोपा हाल्नुपर्छ। यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ। शुद्ध मह भने त्यो पेपरको माथि नै रहन्छ।