काठमाण्डौ–पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ मानिन्छ। यसको कमीबाट हाम्रो शरीरमा डिहाईड्रेसन हुन्छ, जसका कारण हामी बेहोस हुने गर्छौँ। पानीको कमिले विभिन्न रोग लाग्ने सम्भावना धेरै हुन्छ।पानी नखाइ लामो समयसम्म बस्न सकिन्दैन् मानिसको शरीरमा पानीको मात्र कम भयो भने मृत्यु नै हुन सक्छ।
हाम्रो शरीरलाई दैनिक २–३ लिटर पानी जरुरत पर्छ। भने बिहान खाली पेटमा पानी खाँदा स्वास्थ्यमा अझ बढी फाइदा हुन्छ। यदि, हामीले बिहानै पानी पिउने बानी बसाल्यौं भने हामीमा विभिन्न रोगले सताउन सक्दैन। खाली पेटमा पानी पिउँदा हाम्रो शरीरमा भएको टक्सिन सफा भइ हाम्रो रगत शुद्ध हुने गर्छ।
खाली पेटमा पानी पिउँदा शरीरलाई आवश्यक पर्ने तत्व र कोशिका निर्माण हुँदै जान्छ भने हाम्रो शरीरका मांसपेशीसमेत बलियो हुन्छ। यसो गर्दा मेटाबोलिज्म सक्रिय हुन्छ जसले गर्दा कब्जियतको समस्या हुँदैन। यदि मोटोपन बाट दुखित हुनुहुन्छ भने यसले हाम्रो तौल घटाउनमा मद्दत गर्छ। कब्जियत नभएपछि पेटसम्बन्धी हुने अन्य रोग लाग्ने सम्भावना कम हुँदै जान्छ।
यस्तो बानी बसाएमा शरीरभित्र रहेका हानीकारक तत्व र रगत सफा हुने गर्छ जसले हाम्रो छालालाई सफा र चम्किलो बनाउँछ। बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गरेको हुन्छ।
बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौलालाई समेत धेरै फाइदा गर्छ। त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुने र पेट पनि कम दुख्ने गर्छ। हामीले बिहानै पानी पिउन सके हामीलाई उर्जा प्राप्त हुने गर्छ र हामीलाई थकान मुक्त भएको आभास हुन्छ। बिहानै धेरै पानी पिउन सकिएन भने दैनिक १ गिलासबाट शुरु गरेर बढाउँदै लैजान सकिन्छ।