काठमाडौं– तुलसीलाई आयुर्वेदमा समेत विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ। चिकित्सकका अनुसार समेत तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ।
तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई सुगन्धले शुद्ध पार्छ भन्ने जनविश्वास छ। यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व छन्। यसले पाचन क्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ।
तुलसीको औषधिय गुण– जाडो मौसममा हुने रुघाखोकी, निमोनिया, ब्रोक्राइटिस र श्वास प्रश्वासका समस्यामा नियमित तुलसीको पात चपाएर खाएमा लाभदायी हुन्छ, तुलसीको पातको चुर्ण बनाई अदुवा र मरिचसँग मिसाएर खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ।
– तुलसीलाई तातो पानीमा मिसाएर पिउँदा टाउको दुखेको, चिसोका कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको समस्याबाट छुटकारा पाइन्छ, धेरै दिशा लागेमा तुलसीको ८ वा १० वटा पातलाई जाईफल पिनेर खाएमा ठीक हुन्छ।
– आउ परेमा १० वा १२ तुलसीको पात मिस्रीसँग पिनेर खाने गरेमा ठीक हुन्छ, दिशामा रगत आएमा १र२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठीक हुन्छ।
– अल्काई भएमा १०र१२ वटा तुलसीको पात खाएर पानीले निल्ने साथै तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्द्वारको घाऊमा लगाएमा ठीक हुन्छ, घाटी बसेर बोल्नै नसक्ने भएमा १० वा १२ वटा तुलसीको पात ४र५ दाना मरिच र मिस्रीको टुक्रासँग चपाएर निल्दा घाटी बसेको ठीक हुन्छ।