काठमाण्डौ–पाको उमेर हुँदै गएपछि पुरुषहरुको कपाल झर्नु वा तालु खुइले हुनु सामान्य नै मान्न सकिन्छ। तर उमेर नै नपुगी अर्थात युवा अवस्थामा नै आजकाल कपाल झर्ने समस्या आम बन्दै गइरहेको छ।
यसको कारण पत्ता लगाउन सकेर उपचारमा ध्यान दिए कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ भने झर्न रोक्न समेत सकिन्छ। खासगरि बजारबाट प्रोटिन पाउडर किनेर सेवन गर्नेहरुलाई यस्तो समस्या आउने गरेको छ। प्रिटेस्टोरेनको मात्रा बढ्ने भएको कारण कपाल झर्ने गर्दा छ।
यस्तै प्रदुषणले गर्दा पनि कपाल झर्ने गर्छ। यस्तै स्ट्रेस (तनाव)को कारण पनि कपाल झर्ने सम्भावना धेरै हुन्छ। डाइट अर्थात सन्तुलित भोजन नहुँदा पनि यस्तो हुने गरेको छ। ज्यादा कफि चिया पिउने गर्दा पनि कपाल झर्ने समस्या हुन्छ।
कपाल झर्ने समस्या समाधान गर्न के गर्ने?
कपाल झर्ने समस्याबाट बच्ने भए दैनिक रुपमा कपालमा तेल लगाउन हुँदैन्। जेल जस्ता केमिकल नलगाउने र सिधै सावरबाट नुहाउने भन्दा बाल्टी वा अन्य भाडामा भरेर नुहाउने गर्नु पर्छ।
सावरको पानी ज्यादै फोर्सको साथ आउने हुदाँ कपाल धेरै झार्न सक्छ। यस्तै प्याजको रस आफैले घरमा बनाएर हप्तामा दुई दिन लगाउने गर्दा पनि कपाल उम्रिने हुन्छ। नुहाउँदा हप्तामा तीन पटकसम्म स्याम्पुको प्रयोग गर्नु राम्रो हुन्छ।