काठमाडौं– पछिल्लो समय यौनको मामला खुल्ला हुँदै गएको छ। कहिलेकाहीँ करकारपमा परेर वा अरुको लहैलहैमा पनि नचाहेरै कैयौं महिलाहरुको गर्भ बस्न जान्छ। परिवार नियोजनको कारणले धेरै महिलाहरु दोस्रो बच्चाको लागि तयार हुँदैनन। तर गर्भपतन गर्ने पनि छुट्टै समय र तरिका हुन्छ।
इच्छा बिना नै बसेको गर्भलाई पेटबाट छुटकारा दिनको लागि मुख्यतया दुईवटा तरिका हुन्छ। पहिलो मेडिकलमा गएर गर्ने गर्भपतन र दोस्रो सर्जिकल तरिका, मेडिकलमा गएर गर्ने गर्भपतन करिब ७ हप्तासम्म मात्रै गर्न सकिन्छ। धेरै भए ८ हप्तासम्म तर, जति धेरै मेडिकलमा गर्भपतन गराउने गरिन्छ। त्यति नै धेरै सफल हुने सम्भावना हुन्छ।
कैयौं पटक ७ या ८ हप्तापछि यो औषधिले पूरा रुपमा गर्भपतन गराउन सक्दैन। औषधिबाट गर्भपतन गराउने अधुरो हुने गर्दछ। औषधि खाएर पनि पछि सर्जिकल तरिकाले गर्भपतन गराउनु पर्नेछ।
औषधि खानु पहिले यी कुरामा ध्यान दिनु होस्ः
– सबैभन्दा पहिले महिलालाई काउन्सिलिञ्को माध्यमबाट सोधिन्छ कि उनी गर्भपतन गराउन चाहन्छिन् कि चाहँदिनन्, त्यसपछि सोनोग्राफी गरेर बच्चाको अवस्थाबारे जानकारी लिइन्छ।
– त्यसपछि महिलाको रगत जाँच गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्छ। उनलाई औषधि दिएर गर्भपतन गराउन कत्तिको उपयुक्त हुन्छ, त्यो जानकारी लिनु पर्दछ। किनभने कुनैपनि महिलाले गर्भपतन गराउँदा उनीहरुको हेमोग्लोविन १२ स्तरमा छ भने त्यो ८ मा आईपुग्छ र ८ तहमा त भने त्यो ४ मा आईपुग्छ। यो स्थितिमा महिलालाई अस्पताल पठाउने गरिन्छ।
– महिलाको परिवारमा कुनै समस्या वा अन्य कुनै समस्या भएमा पनि यस्तो औषधि दिनु हुँदैन, यदि महिला मुटु रोगी, दम, मधुमेह, एनिमिया वा अन्य कुनै बिरामी भएपनि त्यस्तो औषधि दिनु हुँदैन।
– धेरै बिँडी वा चुरोट पिउने र एचआईभी पीडितलाई पनि यस्तो औषधि दिनु हुँदन, गर्भपतन गराउने महिलाको उमेर १८ वर्षदेखि ३५ वर्ष भन्दा माथिको छ कि छैन रु ध्यान दिनुपर्छ।
– कुमारी स्त्रीहरुमा यो औषधि धेरै चर्चित छ। हिजो आज महिलाहरु परिवार नियोजनको साधन प्रयोग बिना नै यौन सम्पर्क गर्दा गर्भवती हुने गर्दछन्। यस्तो अवस्थामा उनीहरुलाई यस्तो औषधि प्रयोग गर्दा अस्पताल गइरहनु आवश्यक हुँदैन। बजारबाट गर्भपतन कीट ल्याएर युरिन टेस्ट गरेपछि महिलाहरु आफैं घरैमा बसेर यस्तो औषधि प्रयोगमा ल्याउन सक्छन्। यद्यपि डाक्टरको सल्लाह बिना यस्तो औषधि लिनु ठीक भने हुँदैन।
– यस्तो गर्भपतन सम्बन्धी औषधि पटक पटक लिनु स्वास्थ्यको लागि राम्रो हुँदैन। यसको पटक पटकको प्रयोगले हामीलाई समस्या सिर्जना हुनसक्छ। कोही यसलाई पटक पटक प्रयोग गर्छ भने उनीहरुको हर्माेन परिवर्तन हुने सम्भावना हुन्छ।
– यसले बाँझोपनको सम्भावना पनि बढी हुन्छ, पछि बच्चा पैदा गर्ने काममा समस्या हुने गर्दछ, औषधि लिएको ४८ देखि ७२ घण्टामा रगत बग्न सुरु हुनुपर्छ।