काठमाण्डौ–मानिसहरू दुःखबाट मुक्ति पाउन अनेक गर्छन्। तर, खुशी कसरी हुन सकिन्छ भन्नेबारेमा विचार गर्दैछन्। खुशी हुनका लागि सबैभन्दा ठूलो उपाय भनेको तनावदेखि टाढा रहनु हो।
विभिन्न कुराहरूको तनाव लिँदा मानिस दुःखी हुन्छ तर, हामीले हाम्रो समयको सही ख्याल गरेर तनावदेखि टाढा रहन सक्यौं भने हामी सधैँ खुशी रहन सक्छौं। तनावले मानिसलाई रोगी बनाउने हुँदा यसबाट जतिसक्दो टाढा रहने कोशिश गर्नुपर्छ।
हामी सधैं खुशी रहनका लागि तनावको कारण खोज्ने र त्यसलाई व्यवस्थापन गर्नुपर्छ। सबैभन्दा पहिले आफ्नो जीवनमा तनावका कारण खोज्नुहोस् र यदि, तपाईंलाई तनावको वास्तविक कारण थाहा छ भने तपाईंको आधा तनाव यत्तिकै कम हुनेछ। यसैगरी तनाव दिने मानिसबाट टाढा रहँदा पनि तनाव कम गर्न सकिन्छ।
व्यायाम गर्नाले पनि तनाव हट्न सक्छ। नियमित रूपमा व्यायाम गर्दा तपाईंको शरीर र मस्तिष्कलाई आराम प्राप्त हुन्छ। साथै, व्यायामले तपाईंको मुड पनि ठीक पार्छ। यस्तै संगीत सुन्दा घुम्न जाँदा पसिन केही हदसम्म कम गर्न सकिन्छ। यसैगरी दैनिक टहल्ने बानी बसाल्नुहोस् वा कुनै मिल्ने साथीलाई भेट्नुहोस्। यदि, तपाईंलाई केही गर्न मनपर्छ भने त्यसलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस्।
आफ्ना समस्याबारे कुरा गर्दा पनि जीवनमा खुशी रहन सकिन्छ। यदि, तपाईंलाई केही कुराले तनावमा पारिरहेको छ भने त्यसबारे कुरा गर्दा तनावको स्तर कम हुने गर्छ। यसबारे तपाईं परिवारका सदस्य, साथीभाइ, डाक्टर वा थेरापिस्टसँग कुराकानी गर्न सक्नुहुन्छ।