एजेन्सी –वायु प्रदुषणका कारण धेरै मानिसलाई आँखा सम्बन्धी समस्या देखा परेको छ। वायु प्रदूषणका कारण मानिसलाई आँखा बिझाउने, चिलाउने, पोल्ने समस्याले धेरैलाई सताउने गरेको छ।औधोगिक कारखानाबाट निस्केको धुलो धुवाँ प्रदुषणको कारण शहरी क्षेत्रमा आँखा सम्बन्धी रोगका विरामीको संख्या बढ्दो छ।
आँखा मानिसहरुको संवेदनशील अंग भएको हुँदा यस्तो रोग लाग्न दिनुहुँदैन। हामीले जहिले पनि बाहिरबाट आएपछि आँखालाई चिसो पानीले धुनु आवश्यक छ। आँखा चिलाउने समस्याबाट बच्ने केही उपायहरु यस्ता रहेका छन्।
घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ। आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ। बाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ।
आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ। पानीको फोर्स भने धेरै हुनु हुँदैन।चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ।
गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने र रातो भएको समस्या कम गर्न सकिन्छ। केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै मिल्छ।
चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ। आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ। किन्नुअघि चिकित्सकको सल्लाह लिई प्रयोग निकै आवश्यक मानिन्छ।