काठमाडौं– अहिले हामी तिहारको नजिक छौं। यो समयमा मसलाको छुट्टै महत्व हुन्छ। तिहारमा लक्ष्मीको पूजा हुने भएकाले मसला त्यस्तो कुरा हो जस्बिना लक्ष्मीको पूजा अपुरो हुन्छ। मसलामध्येको मखना माता लक्ष्मीको अति नै प्रिय कुरा हो।
त्यस्तै भाइटीकामा पनि दाजु–भाइको स्वास्थ राम्रो होस् भन्ने कामनाका साथ भाइटीका गरेपछि दाजु–भाइलाई उपहार स्वरुप मसला पनि दिइन्छ। स्तै, हिजोआज आफन्त र साथीभाइमा पनि तिहारको उपहार स्वरुप मिठाईसँगै मसला पनि दिइन्छ। मसला खानमा स्वादिष्ट मात्र होइन, यसको सेवनले शरीरलाई धेरै फाइदाहरु पनि प्राप्त हुन्छ।
तिहारको समय भएकाले आजभोलि बजारमा मसलाहरु उपलब्ध छन् भने तिहारका लागि भनेर मसला किन्नेहरुको भिड पनि जम्मा हुन थालिसकेको छ। हामी स्वादका लागि त मसलाको सेवन गर्छौं, तर यी मसलाहरुले हाम्रो स्वास्थ्यमा के–कस्तो फाइदा पुप्याउछ।
बदाम– बदाम एउटा त्यस्तो मसला हो, जसलाई विशेषताहरुको खानी मानिन्छ। यसलाई तपाईंले हरेक रुपमा प्रयोग गर्न सक्नुहुन्छ। बिहान ४(५ वटा बदाम खाने गर्नाले बिभिन्न किसिमको रोगहरुबाट मुक्ति मिल्छ।
किसमिस– किसमिसलाई क्याल्सियम र फाइबरको एउटा राम्रो स्रोत मानिन्छ। यसलाई हरेक दिन सेवन गर्नाले शरीरको हड्डिहरु बलियो हुनुको साथै यसको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन।
यसबाहेक किससिम खानाले एनिमिया, दाँतमा हुने क्याविटी र किड्नीको पत्थरी पनि हुँदैन। यसमा ग्लूकोज र फ्रक्टोज पाइन्छ, जसले शरीरलाई उर्जा प्रदान गर्छ। दुब्ला–पातला व्यक्तिहरुका लागि किसमिस सेवन गर्नु अति नै फाइदाजनक हुन्छ।
काजु– काजु मन नपर्ने व्यक्ति सायद कमै होलान्। काजु बच्चादेखि बृद्धसम्म सबैलाई उस्तै प्रिय लाग्छ। हल्का गुलियो र नरम स्वादको काजुमा भिटामिन–इ पर्याप्त मात्रामा पाइन्छ। विशेषज्ञहरुका अनुसार काजुमा एन्टि–एजिङ तत्व पाईन्छ, जुन तपाइ लाइ स्वास्थको साथै छालाको लागि पनि धेरै फाइदाजनक सिद्ध हुन्छ। काजुको सेवन गर्नाले तपाईंको छाला चम्किलो हुन्छ। तपाईको अनुहार उमेरभन्दा कम जस्तो देखिन्छ।
पेस्ता– पेस्ता हाम्रो स्वास्थको लागि अति नै लाभदायक हुन्छ। यसमा म्याग्नेसियम, कपर, रेशा, फस्फोरस र भिटामिन(बी जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ। पेस्ताले शरीरको कोलेस्ट्रोललाई कम गरेर मुटुसँग सम्बन्धित रोगहरुबाट तपाईको रक्षा गर्छ।
ओखर– ओखरको आकारलाई ध्यान दिएर हेर्ने हो भने यो ठीक मनुष्यको मस्तिष्कको आकार जस्तो हुन्छ। ओखरको नियमित सेवनले मस्तिष्कलाई फाइदा पुग्छ। यसको दिनहुँ सेवन गर्ने व्यक्तिको दिमाग तेज चल्छ।
छोकडा– छोकडाको सेवनले शरीरमा धेरै फाइदा हुन्छ। यसको नियमित सेवनले पेट सम्बन्धी समस्याहरु कम हुन्छ। त्यस्तै खोकी लाग्दा पनि यसलाई हल्का पोलेर सेवन गर्नाले खोकी निको हुन्छ।
यसरी भिन्दा–भिन्दै प्रकारका मसला (ड्राइ फ्रुट्स )खानाले हाम्रो शरीरमा बिभिन्न प्रकारको फाइदाहरु प्राप्त हुन्छ। त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै मसला सेवन गर्नु स्वस्थ्यकर हुन्छ। यदि तपाईंलाई ब्लड प्रेसर अथवा अन्य कुनै स्वास्थ समस्या छ भने यसको सेवन डाक्टरको सल्लाह बमोजिम गर्नुपर्छ।
मखना– मखनाको सेवनले शरीरमा धेरै फाइदाहरु हुन्छन्। मखना सेवन गर्नाले तनाव कम हुन्छ साथै राम्रो निद्रा पनि लाग्छ। राति सुत्नु अगाडि मखनालाई दुधसँग सेवन गर्नाले निद्रा नलाग्ने समस्या कम हुन्छ।