काठमाडौं– हरेक मानिसमा फु सुन्दर देखिने चाहना हुन्छ। यो स्वभाविक पनि हो। तर सुन्दर बन्न के गर्नुपर्छ त्यसको जानकारी नुहनाले वा उपाय नजान्नाले हामी आफुलाई आर्कषक बनाउन सकिरहेका हुँदैनौ। त्यसैले आज हामी सेलिब्रेटि झै सुन्दर देखिने केहि टिप्सहरु दिँदैछौ, जसलाई अपनाएर तपाई पनि आफ्नो त्वचा सुन्दर पार्न सक्नुहुन्छ।
– छालालाई सफा तथा चम्किलो देखाउन नियमित रुपमा क्लिन्जिङ गर्नुपर्ने हुन्छ। यसले हाम्रो त्वचामा निखार ल्याउदछ। क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ।
– साथै त्वचाको सुन्दरता बढाउन नियमित टोनिङ र मस्चुराइजिङ समेत गर्नुपर्दछ। टोनरले तेललाई निकालेर पोर्स बन्द गर्छ। तर टोनरमा गुलाब जल मात्र प्रयोग गर्नुहोला। गुलाब जलले भन्दा त्वचालाई सुन्दर बनाउने अरु टोनर त्यति उपयोगी हुदैन।
– हरेक साता अनिवार्य एकपटक स्क्रब गर्नुहोला। यसले अनुहारमा रहेको मृत त्वचालाई निकाल्ने काम गर्दछ। स्क्रबका लागी ओलिभ आयलमा थोरै चिनि हाली स्क्रब गर्दा यसले त्वचालाई लाभ गर्दछ।
– यदि तपाईको छालामा चमक छैन भने भिटामिन सि सीरमले मसाज गर्नुहोस्। भिटामिन सी सीरमले छालामा चमकपना ल्याउन मद्दत गर्दछ। भिटामिन सी सीरम कुनै पनि कष्मेटिक पसलमा सजिलै पाउन सकिन्छ।
– तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस्। दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरम हुने गर्दछ।
– छाला सुन्दर बनाउने उपायसंगै छालाको सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्छ। त्यसैले बाहिर निस्कदा सधै सनस् क्रिमको अनिवार्य प्रयोग गर्नुहोस्। यसले छालामा पर्ने सूर्यको यूभी किरणबाट बचाउने गर्दछ।
– छाला सुन्दर बनाउन सधै सन्तुलित तथा भिटामिन युक्त आहार खानुपर्छ। दैनिक फलफुल तथा सागपातको सेवन गर्नुपर्छ। दैनिक ४ लिटर भन्दा बढि पानी पिउने बनि बसाउनुहोस्। साथै पर्याप्त निदाउने गर्नुपर्दछ। निन्द्रा नपुग्दा, रुदा वा थकानले पनि छालाको सुन्दरता गुम्ने गर्दछ।