काठमाडौं– स्वस्थ रहन र सन्तुलित खानाका लागि ‘टुसा उमारेको’ गेडागुडी उपयुक्त मानिन्छ। यसमा पर्याप्त पोसिलो तथा सस्तो र केही मिसिवट नहुने हुँदा स्वास्थ्यलाई फाइदा पुग्ने हुँदा गेडागुडीलाई टुसा उमारेर खाँदा मानव स्वास्थ्यलाई धेरै फाइदा हुने र पोषक तत्व पर्याप्त पाइन्छ।
टुसा उमार्नु भनेको भिटामिन उद्योग नै घरमा खोल्नु जत्तिकै हुने चिकित्सक बताउँछन्। इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्न तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नका लागि टुसा उमोरर खान सकिन्छ।
त्यसैले गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ। ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन्। यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ। तीन चरणमा गेडागुडीको टुसा उम्रन्छ।
पहिला गेडागुडीलाई भिजाउने र भिजाएको गेडागुडी अंकुरित हुन थाल्छ। त्यसपछि गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ। यो टुसा आएपछि दानाको गुणहरूमा धेरै सकारात्मक परिर्वतन आउँछन्। त्यसकारण अंकुराएको बिउबाट निस्केको टुसा बढ्दै जान्छ। बिउमा रहेको पोषकपदार्थ उपयोग गर्दै टुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ।
टुसायुक्त गेडागुडीका फाइदाः
टुसा उमारेको गेडागुडीमा पहिले भइरहेका पोषकतत्वमा पनि धेरै कुरा थपिन्छ। जुनसुकै उमेर, लिंग, समूहका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन्। यसले हाम्रो शरीरमा पोषण दिन्छ। यो पूर्ण, सस्तो र बलवर्धक खाना हो।
– अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ, पोषणयुक्त भोजन दिन्छ, यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउँछ, यो सजिलै पाच्य हुन्छ।
– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ, हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ, रोगप्रतिरोधात्मक शक्ति बढाउँछ, विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ, रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ।