काठमाडौ–तपाईलाई थाहा नभएको हुन सक्छ चोटपटक विना पनि हड्डी भाँच्चिने समस्या आउन सक्छ। यदी यस्तो समस्या छ भने तपाईलाई बोन अट्याक भएको हुनसक्छ।
बोन अट्याक भनेको ओस्टियोपोरोसिस भन्ने एक प्रकारको हड्डी मक्किने रोगका कारण चोट पटक नलाग्दा पनि आफै हड्डि भाँचिने समस्या हो।
बोन अट्याक भएका व्यक्तिको हिपको हड्डी भाँचिने समस्या हुन्छ। यसको उपचारका लागि टटिल प्रकारको शल्यक्रिया गरीन्छ। अपरेसन पछि पनि बोन अट्याक भएका बिरामीहरुमा प्रत्येक४ जनामध्ये एक जना बिरामीको एकवर्ष्भित्रमा मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन्। त्यसैले समयमै बोन अट्याकबाट बच्नु उपयुक्त हुन्छ।
बोन अट्याकबाट कसरी बच्ने?
– वृद्ध अवस्थाका व्यक्तिले लठ्ठीको सहारामा हिडडुल गर्ने,
– हड्डी र मांसपेशीलाई बलियो बनाउन नियमित व्यायाम गर्ने,
– क्याल्सियम तथा भिटामिन डी भएका खानेकुरा प्रशस्त खाने,
– प्रत्येक दिन २० मिनेट घाममा बस्ने,
– धुम्रपान र मदिराबाट टाढा रहने।