काठमाडौं– पछिल्लो समय अस्वस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मानिसहरुमा विभिन्न खालका रोग देखिन थालेको छ, जसका कारण मुटु सम्बन्धी समस्या धेरै रहेको पाइएकाे छ।
उच्च रक्तचाप भएमा घरायसी औषधि वा खानेकुरा प्रयोग गर्नेे, तर यी घरायसी खानेकुरामा मात्र भर पर्नु हुदैन, यदी रक्तचाप उच्च छ भने चिकित्सको सल्लाह लिनु आवश्यक हुन्छ।
बदाम– बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले ब्लड कोलेस्ट्रोल लेभल कम गर्छ। साथै, धमनीलाई सफा गर्छ। यसले गर्दा रक्तचाप घट्छ।
दालचिनी– दालचिनीमा धेरै औषधीय गुण हुन्छ। यसको सेवनले मधुमेहसँगै उच्च रक्तचाप जस्ता रोग पनि नियन्त्रण हुन्छ।
लसुन– लसुनमा पाइने एक रसायनले हाइपरटेन्सन घटाउँछ। लसुनको यो गुणबारे आयुर्वेदमा पनि वर्णन गरिएको छ।
प्याज– प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लेबेनल, क्यासेरटिन आदिले ब्लडप्रेसरलाई सन्तुलित राख्न मद्दत गर्छ।
जैतुन– युरोपका मेडिटेरियन क्षेत्रमा जैतुनको तेल बढी प्रयोग गरिन्छ। जैतुनले उच्च रक्तचाप निको पारेकाले नै यसको प्रयोग गरिएको हो।
अलैंची– एक अनुसन्धानअनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैँची सेवन गरेमा रोग ठीक हुन्छ।