काठमाडौं– मानिसको स्वास्थ्य नै सवैभन्दा ठूलो धन हो। जब प्रतिरक्षा प्रणाली बलियो बन्छ, तब मानिसलाई रोगको संक्रमण हुन पाउँदैन। मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने र यी पेय पदार्थले रोगबिरुद्ध लड्न सक्ने क्षमता प्रणाली बलियो बनाउनको लागी खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन्।
मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने पेय पदार्थहरुः
ग्रिन टी– ग्रिन टीमा एपीग्यालोक्याटेचिन नामक तत्व पाईन्छ जसमा किटाणुहरु बिरुद्ध लड्न सक्ने क्षमता र गुण हुनछ। ग्रिन टीको नियमित सेवनले रोग प्रतिरक्षा क्षमता बढाउँछ।
स्याउको जुस– स्याउले मानव शरीरलाई चाहिले धेरै किसिमका तत्वहरुको परिपूर्ति गर्दछ। दैनिक एउटा स्याउँ खाँदा त्यो व्यक्तिले कहिल्यै डाक्टरकोमा जान पर्दैन भन्ने भनाइ नै छ। त्यसैले स्याउ खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।
कागतीको रस– कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ। कागतीमा प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँदा यसले बिबिध प्रकारका रोगको आक्रमणबाट बचाउँछ।
ब्रोकाउली जुस– ब्रोकाउलीको जुस सेवन गर्नाले यसमा पाईने सल्फर ले शरीरको बिषादि हटाउने काम गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ।
चुकन्दर– चुकन्दरमा धेरै मात्रामा औषधीय गुण पाइन्छ। खानामा चुकन्दरको प्रयोग स्वास्थ्यका लागि लाभदायक मानिन्छ। चुकन्दरको जुस पिउँनाले प्रतिरक्षा शक्ति बलियो बनाउँछ। यसमा प्रसस्त मात्रामा पाइने भिटामिन सी र अरु एन्टिअक्सिडेन्टले तपाइलाई रोगबिरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्छ।