काठमाडौं– हाम्रो शरीरको सक्रिय मांशपेशी आँखा हो, साथै आँखा नै शरीरको सबैभन्दा सुन्दर तथा सबैभन्दा नाजुक भाग पनि हो। यहाँसम्म कि आँखाहरुलाई व्यक्तित्वको दर्पण समेत भन्ने गरिन्छ।
आफ्नो आँखालाई लिएर अति नै सावधान रहनु अनिवार्य छ। तर, लामो समयसम्म कम्प्युटर अथवा मोबाइल स्क्रिनको सम्पर्कमा रहनाले अथवा पोषणको कमिका कारणले अचेल चस्मा लगाउने व्यक्तिहरुको संख्या दिन–प्रतिदिन बढिरहेको छ।
केही व्यक्तिहरुलाई चस्मा लगाउन मनपर्छ।
भने कतिपयलार्ई चस्मा लगाउन भनेको एउटा झैं लाग्छ। चस्मा लगाउनाले कतिपय काममा बाधा उत्पन्न हुन्छ। तर, तपाईंले चस्मा नलगाई कुनै पनि कुरा स्पष्ट रुपमा देख्नै सक्नुहुन्न। कतिपय व्यक्तिहरु कन्ट्याक्ट लेन्सहरु अथवा लेजर सर्जरीको समेत सहायता लिन्छन्। तर, यसबाहेक पनि अन्य विभिन्न तरिकाहरु छन, जसले तपाईंलाई आफ्नो आँखाको ज्योतीलाई शक्तिशाली बनाउन सक्नुहुनेछ।
आँखाको व्यायाम– कम्प्युटर स्क्रिनमा लामो समयसम्म काम गर्नाले तपाईंको आँखाको दृष्टि कमजोर हुनसक्छ। यसले गर्दा आँखा दुख्ने तथा पोल्ने समस्या पैदा हुन्छ। आँखा झिम्क्याउनु एउटा त्यस्तो व्यायाम हो, जसले आँखामा भएको दुखाई कम हुनसक्छ। तपाईंले केवल केही समयसम्मका लागि आँखाको परेला झिम्क्याउनु पर्छ। यसो गर्दा तपाईंले बेग्लै महसुस गर्नुहुनेछ। आँखाको अर्को पनि एउटा व्यायाम छ, जसमा तपाईंले आफ्नो आँखालाई चारैतिर घुमाउनुपर्छ।
माथितर्फ हेर्नुपर्छ र १० मिनेटसम्मका लागि आँखालाई चारै दिशातर्फ घुमाउनुपर्छ। त्यसपछि दुई मिनेटका लागि आँखा बन्द गर्नुपर्छ र आराम गर्नुपर्छ। त्यसपछि पुनः यसलाई दोर्होयाउनुपर्छ। यो व्यायाम निकै नै फाइदाजनक हुन्छ। यसलाई हरेक दिन दोर्होयाउनाले तपाईंले चस्माबाट पनि छुटकारा पाउनुहुनेछ।
घाँसमा खाली खुट्टा हिँड्ने– झट्ट सुन्दा यो कुरा अनौठो लाग्न सक्छ, तपाईंको आँखाको स्वास्थ्यका लागि खुट्टा कसरी जिम्मेवार हुन सक्छ ? तर यो सत्य हो, घाँसमा केही समय नाङ्गो खुट्टा हिँड्नाले तपाईंको दिमागलाई शान्ति मिल्छ। जब तपाईं ओसिलो घाँसमा नाङ्गो खुट्टा हिँड्नुहुन्छ। त्यो बेला खुट्टाको दबाब पहिलो, दोस्रो तथा तेस्रो औंलामा पर्दछ, जसमा आँखाका लागि मुख्य रिफ्लेक्सोलोजी दबाबबिन्दु हुन्छ। जसले राम्रो दृष्टिलाई उत्तेजक बनाउँछ। यसबाहेक घाँसको हरियो रंग हेर्दा पनि निकै सुखदायक अनुभव हुन्छ।
परेलालाई न्यानो बनाउने– लामो समयसम्म कम्प्युटरमा काम गरेपछि तपाईंको आँखालाई पुनः जीवन्तता दिनु आवश्यक हुन्छ। त्यसका लागि तपाईंले आफ्नो आँखाको परेलालाई न्यायो बनाउने कोसिस गर्नुपर्छ।
आफ्नो हत्केललाई एक–आपसमा रगडेर तताउने अनि त्यसलाई आफ्ना परेलामा राख्ने गर्नुपर्छ। ६ सेकेण्डसम्म हत्केलालाई परेलामा राख्नुपर्छ। यो प्रकृयालाई तीन पटकसम्म दोर्होयाउनुपर्छ। यसो गर्नाले तपाईंको आँखाले तत्काल आराम पाउने छ। यदि तपाईंसँग समय छ भने केही बेरसम्मका लागि आँखा बन्द गरेर पल्टिँदा समेत निकै नै आराम मिल्दछ।
खानपान– तपाईंलाई आँखामा लगाइएको चस्माबाट छुटकारा दिलाउने मुख्य कारक बन्नसक्छ तपाईंको खानपिन। शक्तिशाली आँखाका लागि हरियो सागपात, माछा (टुनारसाल्मन), भिटामिन सी (सुन्तला र कागती), भिटामिन ई, सी तथा एले भरिपूर्ण खानेकुराहरु जस्तै दूध, चीज, गाजर, पालक, मेवा आदिको सेवन नियमित रुपले गर्नुपर्छ।
यसबाहेक स्वस्थ आँखाका लागि प्रसस्त पानी पिउनुपर्छ। अंगुर तथा ब्लूबेरिजको नियमित सेवन गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा धुम्रपानको लतलाई त्याग्नुपर्छ।